होन्डाको चाडपर्व अफर : ७ प्रदेश, ७ विजेता र ७ लाख रकम

काठमाडौं – होन्डा मोटरसाइकल र स्कुटर किन्ने ग्राहकका लागि नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नौलो अफर ल्याएको छ । कम्पनीले नेपालमै पहिलो पटक ७ प्रदेशलाई समावेश गरेर हरेक प्रदेशबाट १ जनालाई १ लाख नगद प्रदान गर्ने अफर ल्याएको छ । होन्डाले यसका लागि ‘होन्डा ५ साथ ७, बम्परमा थप रु. १५ लाख’ राखेको छ । लक्की ड्रबाट विजेताको छनोट गरिने छ ।

कुनै पनि होन्डा मोटरसाइकल वा स्कुटर किन्ने ग्राहकले स्क्र्याच कुपनमा १ लाख रुपैयाँ सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन् । त्यसैगरी स्पेयर पार्ट्समा ७ वर्षका लागि ७ प्रतिशत छुट प्रदान गरिने छ भने ७ वर्ष सम्म ९ वटा फ्रि सर्भिसिङ कुपन प्राप्त गर्न सकिने छ ।

होन्डाका बिग बाइकमा भने ३५ हजार रुपैयाँ सम्म क्यासब्याक प्राप्त गर्न सकिने छ । त्यसैगरी बम्पर पुरस्कारको रुपमा १५ लाख रुपैयाँ सम्म जित्न सकिने छ ।

होन्डाले यसपालीको दसैं तिहार र छठलगायतका चाडपर्वका लागि यो अफर ल्याएको हो । कम्पनीले पहिले देखि नै १ रुपैयाँ डाउन पेमेन्ट, १ रुपैयाँ ईएमआई र १ प्रतिशत ब्याजदरमा नयाँ मोटरसाइकल वा स्कुटर किन्न सकिने सुविधा उपलब्ध गराइरहेको छ ।

सम्बन्धित समाचारहरू

पहिलो पटक अपर मुस्ताङ पुग्यो होन्डा एलिभेट

पहिलो पटक अपर मुस्ताङ पुग्यो होन्डा एलिभेट

काठमाडौं – होन्डा एलिभेट पहिलो पटक अपर मुस्ताङ र मुक्तिनाथ सम्म पुगेको छ ।...

इलेक्ट्रिक टु–ह्विलरका लागि भारतमा होन्डाको छुट्टै प्लान्ट, २०३० सम्ममा ३० मोडल ल्याउने

इलेक्ट्रिक टु–ह्विलरका लागि भारतमा होन्डाको छुट्टै प्लान्ट, २०३० सम्ममा ३० मोडल ल्याउने

होन्डाले भारतमा इलेक्ट्रिक टु–ह्विलरका लागि छुट्टै डेडिकेटेड प्लान्ट...

२० प्रतिशत मात्र रकम बुझाएर होन्डाका दुई बाइक लिन सकिने, बाँकी रकम यसरी तिर्नुस्

२० प्रतिशत मात्र रकम बुझाएर होन्डाका दुई बाइक लिन सकिने, बाँकी रकम यसरी तिर्नुस्

होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...