होन्डा मोटरसाइकल र कार बिक्री गर्ने ज्योति ग्रुपको नाम अब पद्म ज्योति समुह, नयाँ लोगो सार्बजनिक
काठमाडौं–नेपालको पुरानो मध्ये एक व्यापारिक घरना ज्योति समुह विभाजित भएको...
होन्डा मोटरसाइकलको नेपालस्थित आधिकारिक बितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ क्रुजर बाइक सीबी हाइनेस ३५० लाई सार्बजनिक गरेपछि अहिले यसको चर्चा ह्वात्तै चुलिएको छ । सार्बजनिक भएको केही दिनपछि नै स्टक सोल्ड आउट भएको र त्यसपछि पनि यसको धमाधम बुकिङ भैरहेको कम्पनी स्रोतले बताएको छ ।
यसअघि यो सेग्मेन्टमा रोयल इन्फिल्ड क्लासिकको मात्र दबदबा रहँदै आएको थियो । पछि जावा समेत भित्रिएपनि यसले खासै बजार भने लिन सकेन । होन्डा सीबी ३५० को उत्साहजनक सुरुवाती कारोबारले आगामी दिनमा यसले रोयल इन्फिल्ड क्लासिकलाई कडा टक्कर दिने संकेत देखा परेको छ ।
क्लासिक ३५० को तुलनामा १ लाख ५० हजार रुपैयाँसम्मले महंगो पर्ने सीबी ३५० मा कम्पनीले विशेष प्रकारका ५ फिचर्स समावेश गरेको छ, जुन क्लासिक ३५० मा उपलब्ध छैन । यी ५ फिचर्समा होन्डाको गुणस्तर, फोन कनेक्टिभिटी, एलईडी लाइटिङ प्याकेज, टर्क कन्ट्रोल र स्लिपर क्लच रहेका छन् ।
होन्डाको गुणस्तर
होन्डा ब्रान्डलाई विश्बभर चिनाएको सबैभन्दा महत्वपूर्ण फिचर्स हो यसको गुणस्तर । यो ब्रान्डको नाम लिने बित्तिकै गुणस्तर विशेष पहिचान बनेर आउने गरेको छ । जुन सीबी ३५० मा समेत लागू गरिएको छ । यो बाइकको बाहिरी बनावटबाटै यसको गुणस्तर प्रमाणित हुन्छ । साथै इन्जिनको गुणस्तरमा समेत कम्पनीले कुनै सम्झौता गरेको पाइदैन । गुणस्तरमा अब्बल भएका कारण यसको मेन्टिनेन्स खर्च क्लासिक ३५० को तुलनामा एकदमै न्यून पर्ने दाबी गरिएको छ ।
फोन केनक्टिभिटी
होन्डाले यो बाइकमा आधुनिक प्रविधि प्रयोग गरेको छ । बाइकको बोर्डमा जडान गरिएको होन्डा स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टममा ब्लुटुथ कनेक्ट गरी नेभिगेसन र म्युजिक प्लेब्याक जस्ता फिचर्सलाई प्रयोग गर्न सकिन्छ । यस्तो फिचर्स क्लासिक ३५० मा उपलब्ध गराइएको छैन ।
पूर्णतः एलईडी लाइटिङ प्याकेज
बाइकको लाइटिङलाई प्रिमियम बनाउन होन्डाले यसमा पूर्णतः एलईडी लाइट प्रयोग गरेको छ । यो बाइकको हेडलाइट, टेललाइट र इन्डिकेटर सबैमा एलईडी लाइट प्रयोग गरेको हो । जवकी क्लासिक ३५० मा हेलोजन बल्व मात्र प्रयोग गरिएको छ ।
टर्क कन्ट्रोल
क्लासिक ३५० मा नभएको अर्को फिचर्स टर्क कन्ट्रोल समेत होन्डा सीबी ३५० मा थप भएको छ । यो बाइकमा सेग्मेन्टमै पहिलोपटक सेलेक्टेबल टर्क कन्ट्रोल सिस्टम उपलब्ध गराइएको छ । यस्तो सिस्टम प्रायः उच्च टर्क क्षमता भएका मोटरसाइकलमा प्रयोग हुँदै आइरहेकोमा होन्डाले भने जम्मा ३० एनएममात्र टर्क भएको सीबी ३५० यो फिचर्स थप गरेको हो ।
स्लिपर क्लच
रोयल इन्फिल्डले आफ्नो बढी सेग्मेन्टको बाइकमा समेत उपलब्ध नगराएको स्लिपर क्लचलाई होन्डाले भने सीबी ३५० मै उपलब्ध गराएको छ । स्लिपर क्लचका कारण क्लचले सजिलै काम गर्ने हुँदा बाइक कुदाउन सहज फिल हुन्छ ।
काठमाडौं–नेपालको पुरानो मध्ये एक व्यापारिक घरना ज्योति समुह विभाजित भएको...
काठमाडौं – नेपाली बजारमा होन्डाले सीआरएफ ३००एल र ३००एल -याली मोटरसाइकल...
डिओ होण्डाको सर्बाधिक बिक्री हुने स्कुटर हो । यो स्कुटर ११० र १२५ सिसी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...