थप सुरक्षित बनेर आयो होन्डा सिटी र एलिभेट, अब सबै भेरिएन्टमा ६ वटा एयर व्याग
होन्डाले सिटी र एलिभेटमा सेफ्टि फिचर अपग्रेड गरेको छ । दुबै कारको सबै...
काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले बहुप्रतीक्षित होन्डाको ‘सीबी ३५० आरएस’ मोटरसाइकल नेपाली बजारमा लन्च गरेको छ ।
नेपालमा होन्डा सीबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । हाल उपलब्ध ‘सीबी ३५० आरएस’ले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होन्डा विश्वस्त रहेको कम्पनीले बताएको छ ।
आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित सो बाइकमा ३५० सीसीको इन्जिन रहेको छ । मोडर्न फिचरहरुले भरिपूर्ण यो बाइक सिङ्गल टोनमा प्रिसियस ब्ल्याक विथ पर्ल स्पोर्ट्स एलो र रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न कलरहरुमा उपलब्ध छ
एड्भान्स डिजिटल एनालग मिटर, ड्युअल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता यस बाइकमा भएका धेरै मध्येका केही विशेषताहरु हुन् ।
नेपाली बजारमा सीबी ३५० आरएसको मूल्य ७ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।
होन्डाले सिटी र एलिभेटमा सेफ्टि फिचर अपग्रेड गरेको छ । दुबै कारको सबै...
होण्डा टु ह्विलर्सको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग...
होन्डाले भारतीय बजारका लागि सीआरएफ १९०एल प्याटेन्ट दर्ता गरेको छ । यो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...