होन्डाले ल्यायो ४१२ किमी रेन्ज भएको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी
होन्डाले विश्व बजारमा नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ई–एनवाई १...
होन्डा मोटरसाइकलले भारतमा सीबी३५० ब्रिगेड नामको ट्रेडमार्क गरेको छ, तर आवेदन अझै प्रक्रियामा छ र स्वीकृत भएको छैन । सीबी३५० ब्रिगेड कम्पनीको सीबी३५० को तेस्रो भेरिएन्ट हुन सक्ने अनुमान गरिएको छ ।
होन्डा सीबी३५० को माध्यमले कम्पनी ३५०सीसी सेगमेन्टमा प्रवेश गरेको थियो । होन्डाको सो बाइकले राम्रो प्रतिक्रिया पाएको छ र कम्पनीले यो मोडललाई निरन्तर विस्तार गरिरहेको छ ।
स्ट्यान्डर्ड भेरियन्टमा सो रेट्रो बाइक ड्युअल टोन बडी पेन्ट, ड्युअल क्रोम फिनिश हर्न, स्प्लिट एलईडी हेडलाइट, एलईडी टेलल्याम्प, एलईडी टर्न इन्डिकेटर, क्रोम फिनिश फ्रन्ट र रियर मडगार्ड र क्रोम फिनिश साइलेन्सर उपलब्ध छ । सो बाइकमा ब्लुटुथ कनेक्टिभिटी फिचर उपलब्ध छ जसको मद्दतले बाइकलाई ब्लुटुथ मार्फत स्मार्टफोनमा कनेक्ट गर्न सकिन्छ ।
सो बाइकमा सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल समावेश गरिएको छ । बाइकको लागि एक विशेष मोबाइल एप पनि उपलब्ध गराइएको छ । ब्लुटुथ हेडसेट भएको हेलमेटलाई बाइकको ब्लुटुथमा पनि जोड्न सकिन्छ । सो फिचरबाट म्युजिक प्लेब्याक, इनकमिङ कल, म्यासेज र नेभिगेसन जस्ता फिचरको लाभ उठाउन पनि सकिन्छ ।
हाईनेस सीबी ३५० मा ड्युअल च्यानल एबीएसको साथमा ड्युअल डिस्क ब्रेक जडान गरिएको छ । यसमा ३४८.३६ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन समावेश छ । सो इन्जिनले २०.८ बीएचपी पावर र ३० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड गियरबक्स छ ।
हाईनेस सीबी ३५० एनिभर्सरी एडिशन २ रंगमा उपलब्ध गराइएको छ । बाइकमा ब्राउन स्प्लिट सिट, क्रोम साइड स्ट्यान्ड र इन्धन ट्याङ्कीमा एनिवर्सरी एडिशन लोगो छ ।
होन्डाले विश्व बजारमा नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ई–एनवाई १...
होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता नेपालका लागि स्याकार...
होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...