नेपालमा चलिरहेका ७०० होन्डा कारमा एयरब्याग परिवर्तन आवश्यक, सम्पर्क राख्न कम्पनीको आग्रह

नेपाली बजारमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ग्राहक वर्गको सुरक्षालाई ध्यानमा राखेर विभिन्न मोडलका गाडीहरुमा एयरब्याग परिवर्तन गरिदिने भएको छ ।

नेपाली बजारमा बिक्री भएका सन् २००१ देखि २०१४ मोडल सम्मका सिटी, सिभिक, सीआरभी, ज्याज, इन्साइट र अकोर्ड गाडीहरुमा भएका टकाटा एयरब्याग रिकल गरिने भएको हो ।

यी मोडलका गाडीमा भएका एयरब्याग कुनै शुल्क नलिई परिवर्तन गरिदिने होन्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले जानकारी दिए ।

धेरै कारहरुमा सुरक्षाका लागि एयरब्याग राखिएको हुन्छ । दुर्घटना भएको अवस्थामा एयरब्याग फुकिएर चालक वा यात्रुलाई सुरक्षा प्रदान गर्ने काम एयरब्यागले गर्छ ।

एयरब्यागको मुटु भनेको इन्फ्लेटर हो, जसमा प्रोपेलेन्ट वेफर्सले भरिएको मेटल क्याट्रिज हुन्छ । यदि एयरब्याग फुटेमा त्यसबाट निस्कने मेटलले चालक तथा सहचालकलाई नराम्रो क्षति गर्न सक्छ । यसका कारण मानिसको ज्यान समेत जान सक्छ ।

अमेरिकाको नेसनल हाइवे ट्राफिक सेफ्टी एड्मिनिस्ट्रेसनका अनुसार २०२४ को जुन ३० सम्म यसका कारण २७ जनाको मृत्यु भइसकेको छ भने ४०० जना घाइते भएका छन् ।

यी सबै तथ्यलाई मनन गरी क्षति न्यूनीकरणका लागि एयरब्याग निर्माता कम्पनी टकाटाले एयरब्याग परिवर्तन गरिदिने गरेको छ । त्यसै अनुसार नेपालमा पनि एयरब्याग परिवर्तन गर्ने अभियान चलाएको श्रेष्ठले बताए ।

नेपालमा चलिरहेका होन्डा कार एयरब्याग रिकल गर्नुपर्ने छ वा छैन भन्ने कुरा थाहा पाउनका लागि होन्डाको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ । त्यसैगरी कम्पनीको धोबिघाटस्थित सर्भिस सेन्टमा सम्पर्क गरेर पनि थाहा पाउन सकिने कम्पनीको भनाइ छ ।

हाल नेपालमा चलिरहेका करिव ७०० होन्डा गाडीहरुमा टकाटा एयरब्याग प्रतिस्थापन गर्नुपर्ने अवस्था छ । यी मध्ये लगभग २०० गाडीहरुमा एयरब्याग परिवर्तन गरिएको छ । बाँकी गाडीहरुमा प्रतिस्थापन कार्य अझै बाँकी छ ।

बाँकी गाडीहरुमा पनि सम्पर्क गरी टकाटा एयरब्याग परिवर्तन गरिने होन्डा कारका अपरेसन म्यानेजर बिदिस पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचारहरू

सोनी र होन्डाको ज्वाइन्ट भेन्चरमा २ वर्ष पछि सार्वजनिक हुने अफिला ईभीमा यस्ता छन् भव्य फिचर

सोनी र होन्डाको ज्वाइन्ट भेन्चरमा २ वर्ष पछि सार्वजनिक हुने अफिला ईभीमा यस्ता छन् भव्य फिचर

सोनी र होन्डाले मिलेर निर्माण गरिरहेको इलेक्ट्रिक कार ‘अफिला’ विश्व...

इलेक्ट्रिक र हाइब्रिड पावरट्रेनका लागी नयाँ प्लेटफर्म विकास गर्दै होन्डा

इलेक्ट्रिक र हाइब्रिड पावरट्रेनका लागी नयाँ प्लेटफर्म विकास गर्दै होन्डा

होन्डाले आफ्नो भविष्यका साना र मध्यम आकारका मोडेलहरूका लागि नयाँ...

पहिलो पटक अपर मुस्ताङ पुग्यो होन्डा एलिभेट

पहिलो पटक अपर मुस्ताङ पुग्यो होन्डा एलिभेट

काठमाडौं – होन्डा एलिभेट पहिलो पटक अपर मुस्ताङ र मुक्तिनाथ सम्म पुगेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...