हिरो एक्सपल्स २०० सँग प्रतिस्पर्धा गर्ला त होन्डा सीबी२००एक्सले ? यस्तो छ फरक
होन्डा टु ह्विलर इन्डियाले नयाँ होन्डा सीबी२००एक्स एड्भेन्चर बाइक लन्च...
काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि अन्तर्गत होन्डा कारले नयाँ वर्ष २०८० को उपलक्ष्यमा नगद छुट तथा अन्य सुबिधा सहित स्किम सार्वजनिक गरेको छ ।
यस अन्तर्गत ४० प्रतिशत डाउनपेमेन्ट, ५ प्रतिशत ब्याजदरमा कार खरिद गर्न सकिने छ । गाडी खरिद गर्नेका लागि एक आर्थिक बर्षको कर निःशुल्क, एक आर्थिक बर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुट उपलब्ध हुने कम्पनीले बताएको छ ।
चैत २६ गते बाट लागु गरिएको सो अफर आगामी २०८० बैशाख ३१ गते सम्मका लागि उपलब्ध हुनेछ ।
नेपाली बजारमा होन्डाका अमेज बीएस६, सिटी फिफ्थ जेन, सिटी फोर्थ जेन र डब्ल्युआरभी बीएस६ गरी चार मोडलका कार छन् । नेपाली बजारमा होन्डा सिटी फोर्थ जेन वाहेक अन्य सबै कार सन् २०२३ मोडलका छन् ।

होन्डा अमेज ईएमटी, एसएमटी, भीएक्स एमटी, एस सीभीटी र भीएक्स सीभीटी गरी ५ भेरिएन्टमा उपलब्ध छन् । होन्डा अमेजका यी भेरिएन्टको मूल्य ३९ लाख ३० हजार देखि ५३ लाख १० हजार रुपैयाँ सम्म छ ।
त्यसैगरी होन्डा सिटी फिफ्थ जेन विभिन्न ६ भेरिएन्टमा उपलब्ध छ र मूल्य ५८ लाख ६० हजार देखि ७६ लाख २० हजार रुपैयाँ सम्म छ ।
होन्डा सिटी फोर्थ जेन एस–भीएमटी र भी–एमटी गरी दुई भेरिएन्टमा उपलब्ध छ र मूल्य ५० लाख ९० हजार र ५३ लाख ४० हजार रुपैयाँ छ ।
डब्ल्युआरभी बीएस६ इन्जिनयुक्त छ । दुई भेरिएन्टमा उपलब्ध यो गाडीको मूल्य क्रमशः ५१ लाख १० हजार र ५५ लाख ४० हजार रुपैयाँ छ ।
होन्डा टु ह्विलर इन्डियाले नयाँ होन्डा सीबी२००एक्स एड्भेन्चर बाइक लन्च...
काठमाडौं– छ दिनसम्म चलेको नाडा अटो शो–२०२३ आज समापन हुँदैछ । मेलामा...
होन्डाले आफ्नो लोकप्रिय स्कुटर डिओ १२५ को नयाँ संस्करण लन्च गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...