अन्ततः लन्च भयो कम्प्याक्ट एसयूभी होन्डा एलिभेट, यस्तो छ पावर, माइलेज र विशेषता
होन्डाको कम्प्याक्ट एसयूभी होन्डा एलिभेट भारतीय बजारमा लन्च भइसकेको छ ।...
काठमाडौं – नेपाली बजारमा लोकप्रिय रहेका होन्डाका बाइक र स्कुटरको मूल्य वृद्धि भएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले आज देखि लागू हुने गरी बाइक र स्कुटरको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।
नयाँ मूल्य सूची अनुसार स्कुटर डिओ एलईडी डीएलएक्सको मूल्य ३ हजार रुपैयाँले बढेको छ । हाल यसको मूल्य २ लाख १९ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यसैगरी एभिएटरको मूल्य पनि ३ हजार रुपैयाँले वृद्धि भई २ लाख २२ हजार ९ सय रुपैयाँ पुगेको छ ।
होन्डाको अर्को स्कुटर एक्टिभाको मूल्यमा भने ६ हजार रुपैयाँले वृद्धि भई २ लाख २४ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यसैगरी ग्राजिया एसटीडीको मूल्यमा २ हजारले वृद्धि भई २ लाख २४ हजार ९ सय र ग्राजिया डीएलएक्सको मूल्यमा ५ हजार रुपैयाँले वृद्धि भई २ लाख ४७ हजार ९ सय रुपैयाँ पुगेको छ ।
बाइकहरुमा होन्डा सीडी ड्रिम डीएलएक्सको मूल्यमा ३ हजार रुपैयाँले वृद्धि भई १ लाख ९१ हजार ९ सय रुपैयाँ तोकिएको छ । सीबी साइन डीएसएस, साइन एसपी–डीआरएस, साइन एसपी–डीएसएस र सीबी युनिकर्न एसटीडीको मूल्यमा ४/४ हजार रुपैयाँ वृद्धि भएको छ । नयाँ मूल्य सूची अनुसार यी बाइकको मूल्य क्रमशः २ लाख २९ हजार ९ सय, २ लाख ३९ हजार ९ सय, २ लाख ४९ हजार ९ सय र २ लाख ६९ हजार ९ सय रुपैयाँ हुनेछ ।
सीबी साइन डीआरएसको मूल्यमा भने ५ हजार रुपैयाँ वृद्धि गरिएको छ र यसको मूल्य २ लाख १९ हजार ९ सय रुपैयाँ पुगेको छ ।
सबै होन्डाका बाइक र स्कुटरको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।
होन्डाको कम्प्याक्ट एसयूभी होन्डा एलिभेट भारतीय बजारमा लन्च भइसकेको छ ।...
होन्डाले आफ्नो ब्रान्ड पहिचानमा ऐतिहासिक परिवर्तन गरेको घोषणा गरेको छ।...
जापनिज अटो निर्माता होन्डाले भारतमा डिजेल इन्जिनको उत्पादन वन्द गर्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...