१ रुपैयाँ खर्चमा २ वर्षसम्म होण्डा बाइक मर्मत गर्न सकिने

काठमाडौं– होण्डा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले नयाँ वर्ष अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ग्राहकले तीनवटा प्याकेजबाट आफूलाई मनपर्ने स्किम छान्न पाउनेछन् ।

नयाँ वर्षमा होण्डा मोटरसाइकल र स्कुटर किन्दा ग्राहकले मात्र १ रुपैयाँको खर्चमा २ वर्षसम्म मर्मत सम्वन्धि सेवा पाउनेछन् । यसमा सर्भिसिङ, इन्जिन आयल र स्पेयर पार्ट्स निशूल्क उपलब्ध हुनेछ । यो स्किम लिन नचाहने ग्राहकले स्क्र्याच र ५ वर्षसम्मको आकर्षक एएमसी प्याकेज छनोट गर्न सक्नेछन् ।

स्क्र्याच कार्डमार्फत १ लाखसम्मको नगद उपहार पाउन सकिने कम्पनीले जनाएको छ । अफर होण्डाको सबै सोरुममा उपलब्ध रहने जनाइएको छ । होण्डाले नेपाली बजारमा डिओ र ग्राजिया स्कुटरको साथ साइन, यूनिकर्न, सिबी हर्नेट र एनएक्स २०० लगायत मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ ।

कम्पनीले नेपालमै एसेम्वल प्लान्ट स्थापना गरेर बाइकको उत्पादन समेत थालिसकेको छ ।

सम्बन्धित समाचारहरू

होन्डा हर्नेट २.० : बाइकरहरुले मन पराउने एक मोडल

होन्डा हर्नेट २.० : बाइकरहरुले मन पराउने एक मोडल

नेपाली बजारमा उपलब्ध होन्डाका विभिन्न मोटरसाइकल मध्ये हर्नेट २.० एक हो ।...

होन्डा ग्राजिया किन्दा राम कुमारले जिते ५ लाख

होन्डा ग्राजिया किन्दा राम कुमारले जिते ५ लाख

काठमाडौं– होन्डा ग्राजिया स्कुटरको खरिदमा राम कुमार श्रेष्ठले ५ लाख नगद...

आयो २०२१ होन्डा सुप्रा जीटीआर १५० स्कुटर, यस्ता छन् विशेषता

आयो २०२१ होन्डा सुप्रा जीटीआर १५० स्कुटर, यस्ता छन् विशेषता

होन्डा मोटरसाइकलले आफ्नो लोकप्रिय स्कुटर सुप्रा जीटीआर १५० स्कुटरको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...