होन्डाको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत सातै प्रदेशबाट ३ हप्ताका विजेताहरु घोषणा, मंसिर १४ सम्म थप
काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग...
होन्डा नेपाली अटो बजारमा सर्बाधिक रुचाइएको टु ह्विलर ब्रान्ड हो । ६ दशक अघि नेपाल भित्रिएको यो ब्रान्डको लोकप्रियता यति सम्म उचो रहेको पाइन्छ कि, अहिले पनि कतिपय ग्राहकले मोटरसाइकल भनेकै होन्डा हो भनेर समेत बुझ्ने गरेका छन् ।
नेपाली बजारमा होन्डाको सबैभन्दा सानो बाइक नाभीदेखी ठूलोमा सिबिआर ६०० आरआर सम्म उपलब्ध रहँदै आएको छ । त्यसैगरी स्कुटरमा १ सय १० सिसीको डिओदेखी १२५ सिसी क्षमताको ग्राजिया बिएस६ सम्म उपलब्ध छ । मोटरसाइकलमा यसको सबैभन्दा बढी बिक्री हुने मोडलमा साइन, युनिकर्न र हर्नेट मोडल पर्छन् भने स्कुटरमा डिओ र ग्राजियाले बजारको नेतृत्व गरिरहेको छ ।
नेपालका लागि आधिकारिक बितरक स्याकर ट्रेडिङ कम्पनीले १५० सिसी क्षमताको अफरोड बाइक एक्सआर १५० देखी सुपर स्पोर्ट बाइक सिबिआर ६०० आरआर सम्मका ६ वटा मोडललाई समेटेर बिग बाइकका रुपमा बजार प्रबद्र्धन गर्दै आइरहेको छ । जसका लागि कम्पनीले टेकुमा होन्डा विग विंगका नामले छुट्टै सोरुम समेत संचालन गरिरहेको छ ।
होन्डाको बिग बाइकमा सामेल सबैभन्दा सस्तो मोडलका रुपमा एक्सआर १५० एल रहेको छ । यो बाइकको मूल्य ६ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ । १५० सिसी क्षमताको इन्जिन जडान गरिएको एक्सआर १५० को अधिकतम पावर १२.१४ बिएचपी र टर्क १२.५ एनएम रहेको छ । अफरोडमा समेत कुदाउन उपयुक्त मानिने यसको ग्राउन्ड क्लिरियन्स २४५ एमएम रहेको छ ।
एक्सआर १५० पछि दोस्रो सस्तो बिग बाइकका रुपमा एक्सआर १९० एल रहेको छ । यो बाइकको मूल्य यसअघि ६ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएपनि हाल स्टकमा उपलब्ध नरहेको कम्पनी स्रोतले बताएको छ । नयाँ लट आएपछि यसको मूल्य समेत बढेर आउने उक्त स्रोतको भनाई छ । यो बाइकमा १९० सिसी क्षमताको इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १५.६ एचपी र टर्क १५.७ एनएम रहेको छ । ग्राउन्ड क्लिरियन्स भनेको यसको पनि २४५ एमएम नै रहेको छ ।
त्यसैगरी सिबिआर २५० आरको मूल्य ६ लाख ७९ हजार र यसैमा एबिएस समेत उपलब्ध भएको मोडललाई भने ७ लाख ९३ हजार रुपैयाँ पर्ने बताइएको छ । २५० सिसी क्षमताको यो स्पोर्ट बाइकको अधिकतम पवार १९.५ किलोवाट र टर्क २२.९ एनएम रहेको छ ।
केही समय अघिमात्र नेपाल भित्रिएको क्रुजर बाचयक हाइनेस सिबी ३५० र रेट्रो क्लासिक लुक्सको सिबी ३५० आरएस मोडल समेत अहिले चर्चित बनिरहेका छन् । यी बाइकको मूल्य क्रमश ७ लाख ७५ हजार र ७ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यी दुबै बाइकमा ३५० सिसी क्षमताको इन्जिन जडान गरिएको छ भने पावर र टर्क समेत समान दिइएको छ । दुबै बाइकको अधिकतम पवार १५.५ किलोवाट र टर्क ३० एनएम रहेको छ ।
सबैभन्दा महंगो सुपर स्पोर्टस बाइक सिबिआर ६०० आरआरको मूल्य ३४ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यो बाइकमा ६०० सिसी क्षमताको रेस–रेडी लिक्विड कुल्ड डिओएचसी १६ भल्भ इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ११८ एचपी र टर्क ६६ एनएम रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...