होन्डाले ल्यायो २०२३ मोडलको नयाँ हाइनेस सीबी३५० र सीबी३५० आरएस बाइक

होन्डाले नयाँ हाइनेस सीबी३५० र सीबी३५० आरएस लन्च गरेको छ । साथै कम्पनीले यी दुवै बाइकका लागि कस्टमाइजेशन प्याकेज पनि लन्च गरेको छ । यसको सुरुवाती मूल्य भारतमा २ लाख १० हजार भारु छ । नेपाली बजारमा आउन भने केही समय लाग्न सक्छ ।

होन्डाले यो दुबै बाइकमा नयाँ ओबीडी–२ कम्प्लायन्ट इन्जिन र पीजीएम एफआई प्रविधिसँग जोडिएको छ । बाइकमा ३५० सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन दिएको छ जसले ३० एनएम टर्क जेनेरेट गर्छ । इन्जिनको कम्पन कम गर्न कोएक्सियल ब्यालेन्सर जडान गरेको छ ।

यी दुबै बाइकमा असिस्ट र स्लिपर क्लच सहितको ६ स्पिड गियरबक्स जडान गरिएको छ । बाइकमा एड्भान्स फुल डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल जस्ता फिचर र एबीएस, आरपीएम, गियर पोजिसन, साइड स्ट्यान्ड इन्डिकेटर, ब्याट्रीको अवस्थाको जानकारी दिने डिस्प्ले दिइएको छ ।

बाइकमा फुल एलईडी हेडलाइट सेटअप दिइएको छ । ब्रेकिङको लागि दुवै बाइकको फ्रन्टमा ३१० एमएम र रियरमा २४० एमएम डिस्क ब्रेक दिइएको छ । बाइकमा ह्याजार्ड लाइट पनि दिइएको छ जसको मद्दतले कुहिरोमा बाइकको भिजिबिलिटी बढाउन सकिन्छ ।

सो बाइकमा १५ लिटरको फ्युल ट्यांक जडान गरिएको छ । सस्पेन्सनलाई सुधार गर्न कम्पनीले नाइट्रोजन चार्ज गरिएको रियर सस्पेन्सन प्रयोग गरेको छ भने पहिले जस्तै टेलिस्कोपिक फोर्क सस्पेन्सन दिइएको छ ।

सम्बन्धित समाचारहरू

होन्डा साईन १२५ मा अब डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र टाईप–सी चार्जिङ पोर्ट

होन्डा साईन १२५ मा अब डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र टाईप–सी चार्जिङ पोर्ट

होन्डाले आफ्नो लोकप्रिय मोटरसाइकल साइन १२५ लाई अपडेट गरेको छ । साइनको २०२५...

होन्डा हाइनेस सीबी ३५० र सीबी ३५० आरएस सोल्ड आउट, सेप्टेम्बरका लागि खुल्यो बुकिङ

होन्डा हाइनेस सीबी ३५० र सीबी ३५० आरएस सोल्ड आउट, सेप्टेम्बरका लागि खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएका होन्डाका दुई मोटरसाइकल हाइनेस...

दैनिक १४४ रुपैयाँ किस्तामा होन्डा डीओ, नयाँ वर्ष स्किम पनि पाइने

दैनिक १४४ रुपैयाँ किस्तामा होन्डा डीओ, नयाँ वर्ष स्किम पनि पाइने

होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...