आज बिहानैदेखि मापसे चेकिङ, काठमाडौंमा १३ सय ट्राफिक परिचालित

काठमाडौं-महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकामा १३ सय ट्राफिक प्रहरी परिचालन गरेको छ ।

होली मनाउँदा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गरेको हो ।

होलीको पूर्व सन्ध्यामा होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका एसएसपी उमेशराज जोशीले सबै ट्राफिक इकाइ तथा इन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिएका छन् ।

बिहानैदेखि डीसपीको नेतृत्वमा दुईवटा अनुगमन टोली, १४ मोबाइल टोली, सवारीसाधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ ।

अवाञ्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादकपदार्थ सेवन गरी मोटरसाइकल हुइँक्याउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा तीनजनाभन्दा बढी सवार भई चलाउने, सवारीसाधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ, लोला हान्ने र अभद्र व्यवहार गर्नेमाथि प्रहरीले निगरानी राख्नेछ ।

यसबाहेक ठूलो आवाज निकाल्ने र मोडिफाइ गरी सवारी चलाउने, सवारीचालक अनुमतिपत्र नभएकाहरूले सवारीसाधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गरिने एसएसपी जोशीले बताए ।

उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाइएको छ । बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...