धुम्बाराहीमा खुल्यो हाइटेक उपकरण र प्रविधियुक्त बुटिक वर्कशप ‘पिटस्टप’

काठमाडौं – काठमाडौंको आनन्दनगर, धुम्बाराहीमा नयाँ बुटिक वर्कशप ‘पिटस्टप’ सञ्चालनमा आएको छ । गाडी सम्बन्धी सबै आवश्यकताहरु एकै स्थानबाट पुरा गर्नका लागि सो वर्कशप खुलेको बताइएको छ ।

हाइटेक उपकरण र प्रविधियुक्त पिटस्टपमा गाडीमा लागेको दागहरु ठिक गर्ने, रङ लगाउने, डिटेलिङ गर्ने, सेरामिक कोटिङ, पीपीएफ, भिनाइल -यापिङ, मोडिफिकेसन आदि सेवाका साथै यसका लागि आवश्यक एसेसरिज समेत उपलब्ध हुनेछ । त्यसैगरी जुनसुकै ब्रान्डका पुराना तथा मूल्यवान गाडीहरु रिस्टोरेसन गर्ने सुविधा समेत उपलब्ध हुनेछ भने मोडिफिकेसन समेत हुनेछ ।

कम्पनीको विशेष प्रोजेक्ट ‘युकी ह्यो’ अनुसार सुधार गरेर गाडीको पर्फमेन्स अझ उत्कृष्ट बन्ने छ । रिस्टोरेसन एक्सपर्टहरुबाट निकै नै बिग्रिएको सवारी साधनलाई पनि पुरानै स्वरुपमा फर्काइने छ । मोडिफिकेसन र रिस्टोरेसन बाहेक क्लिनिङ, वाक्सिङ, सिलिङ र कार्वन सेरामिक कोटिङ जस्ता डिटेलिङ अप्सन प्रयोग गरेर गाडीलाई भर्खरै उत्पादक कम्पनीकै कारखानाबाट निकालिएको जस्तै नयाँ देखिने बनाइने दावी गरिएको छ । इन्टेरियर डिटेलिङ सर्भिसमार्फत गाडीलाई बाहिर जस्तै भित्र पनि सफा गरिने छ ।

पिटस्टपले सवारी साधनका लागि आवश्यक सेवा मात्र उपलब्ध गराउने नभई नेपाली स्ट्यान्डर्ड अनुसार आवश्यकता बमोजिम मोबिलिटी सोलुसन समेत डिजाइन गर्ने बताएको छ ।

नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक समेत रहेको वैद्यज अर्गनाइजेसन अफ इन्डष्ट्रिज एन्ड ट्रेडिङ हाउस (भोइथ) को सहायक कम्पनीको रुपमा पिटस्टप इन्कर्पोरेटेड प्रालिको स्थापना भएको हो । कुनै पनि सवारी साधनको बाहिरी वा भित्री भागको जीवनकाल बढाउनका लागि भेइकल रिनोभेसन आर्ट प्रस्तुत गरेको कम्पनीको भनाइ छ ।

पिटस्टप शुभारम्भको अवसरमा ग्राहकलाई विभिन्न प्रकारको सेवामा छुट प्रदान गरिएको कम्पनीको भनाइ छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...