ऐतिहासिक रेकर्ड : युरोपेली संघमा पहिलोपटक पेट्रोलियम भन्दा विद्युतीय कारको बिक्री बढी

सन् २०२५ को डिसेम्बर महिनामा युरोपेली संघ (ईयू) मा पहिलोपटक विद्युतीय कार अर्थात ब्याट्री इलेक्ट्रिक भेइकलको बिक्री पेट्रोलियम पदार्थबाट चल्ने कार भन्दा बढी भएको छ । उत्सर्जनसम्बन्धी नियमहरू खुकुलो बनाउने प्रस्तावहरू अघि सारिँदै गर्दा समेत विद्युतीय सवारीको माग उल्लेखनीय रूपमा बढेको युरोपेली अटोमोबाइल उद्योग सङ्घ (एसीईए) को तथ्यांकले देखाएको छ।

तथ्यांकअनुसार, अमेरिकी ईभी निर्माता कम्पनी टेस्लाले बजार हिस्सा गुमाउँदै गएको छ भने चीनको बीवाईडी र युरोपकै सबैभन्दा ठूलो अटोमोबाइल समूह फक्सवागनले आफ्नो बिक्री बलियो बनाएका छन्।

युरोपभर कार बिक्री लगातार छैटौँ महिनासम्म वार्षिक आधारमा बढेको छ। सन् २०२५ मा युरोपमा कुल सवारी दर्ता पाँच वर्षयताकै उच्च स्तरमा पुगेको भए पनि कोरोना महामारीअघिको स्तरभन्दा अझै कम नै रहेको एसीईएले जनाएको छ।

युरोपको अटो उद्योगले अहिले चिनियाँ प्रतिस्पर्धा, अमेरिकी आयात शुल्क (ट्यारिफ) तथा विद्युतीय सवारी प्रवद्र्धनसम्बन्धी कडा घरेलु नियमहरूबीच नाफा कायम राख्न कठिन अवस्थाको सामना गरिरहेको छ।

युरोपेली संघले डिसेम्बरमा इन्टरनल कम्बसन इन्जिन अर्थात पेट्रोल वा डिजेलबाट चल्ने सवारीसाधनमा प्रस्तावित २०३५ को प्रतिबन्ध प्रभावकारी रूपमा परित्याग गर्ने योजना सार्वजनिक गरेको थियो। संघर्षरत अटोमोबाइल उत्पादकहरूको दबाबपछि यस्तो निर्णय आएको हो। तर, विद्युतीय यातायात प्रवद्र्धन समूहहरूले कार्बन डाइअक्साइड उत्सर्जन घटाउन छिटो विद्युतीय रूपान्तरण अपरिहार्य रहेको तर्क गर्दै आएका छन्।

एसीईएका अनुसार, युरोपेली संघ, बेलायत र युरोपेली स्वतन्त्र व्यापार संघ (ईएफटीए) क्षेत्रमा डिसेम्बर महिनामा कार बिक्री ७.६ प्रतिशतले बढेर १२ लाख पुगेको छ। सन् २०२५ भरि कुल बिक्री २.४ प्रतिशत वृद्धि भई १ करोड ३३ लाख सवारी साधन पुगेको छ।

डिसेम्बरमा फक्सवागनको दर्ता १०.२ प्रतिशत र स्टेलान्टिसको ४.५ प्रतिशतले वृद्धि भएको छ भने रेनोको दर्ता २.२ प्रतिशतले घटेको छ। उक्त महिनामा टेस्लाको दर्ता २०.२ प्रतिशतले घट्दा बीवाईडीको दर्ता भने २२९.७ प्रतिशतले बढेको छ ।

युरोपेली संघमा मात्र हेर्दा, डिसेम्बरमा कुल कार बिक्री ५.८ प्रतिशतले बढेर झण्डै १० लाख पुगेको छ भने वार्षिक रूपमा १.८ प्रतिशत वृद्धि भई १ करोड ८० लाख सवारी साधन दर्ता भएका छन्।

डिसेम्बरमा ब्याट्री इलेक्ट्रिक भेइकल अर्थात बीईभी, प्लग–इन हाइब्रिड र हाइब्रिड ईभीहरूको दर्ता क्रमशः ५१ प्रतिशत, ३६.७ प्रतिशत र ५.८ प्रतिशतले वृद्धि भएको छ। यी तीनै प्रकारका सवारी साधनले युरोपेली संघको कुल दर्तामध्ये ६७ प्रतिशत हिस्सा ओगटेका छन्, जुन सन् २०२४ को डिसेम्बरमा ५७.८ प्रतिशत मात्र थियो।

यसले युरोपमा विद्युतीय तथा हाइब्रिड सवारीसाधनतर्फको रूपान्तरण तीव्र गतिमा अघि बढिरहेको स्पष्ट संकेत गरेको छ।

सम्बन्धित समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यो घट्यो, अब कति भयाे ?

पेट्रोलियम पदार्थको मूल्यो घट्यो, अब कति भयाे ?

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका...

मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम परियोजना अन्तिम चरणमा

नेपाल–भारत सहयोगमा निर्माणाधीन मोतिहारी–बारा–अम्लेखगञ्ज पेट्रोलियम...

आज देखि प्रारम्भ भएन नागरिक एपमार्फत सवारी कर तिर्ने सुविधा, अब साउन ६ देखि शुरु हुने

आज देखि प्रारम्भ भएन नागरिक एपमार्फत सवारी कर तिर्ने सुविधा, अब साउन ६ देखि शुरु हुने

काठमाडौं – बागमती प्रदेश सरकारले आज देखि नागरिक एपबाटै यातायात तथा सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...