आइमाका चार इलेक्ट्रिक स्कुटर नेपालमा : यस्तो छ सबै मोडलको फिचर र मूल्य
काठमाडौं – नेपाली बजारमा चीनको नम्बर वान ईभी ब्रान्ड आइमाका इलेक्ट्रिक...
काठमाडौं – नेपाली बजारमा एसएआईसी ग्रुप अन्तर्गतको चिनियाँ ब्रान्ड म्याक्ससका दुई ईभी मोडल ईटेरोन पिकअप र मिफा एमपीभी हिमालय मोट्रक्सले बिक्री–वितरण गर्ने भएको छ । यसका दुई मोडलको बिक्री मूल्य समेत सार्वजनिक भएको छ ।
म्याक्सस ईटेरानो पिकअपको मूल्य ९९ लाख ९० हजार र मिफा एमपीभएको मूल्य १ करोड २४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । हाल केही समयका लागि मात्र यो मूल्यमा गाडी उपलब्ध हुने र पछि यसको मूल्य बढ्ने कम्पनीको भनाइ छ ।
यो भन्दा पहिले म्याक्सस मिफा र अन्य केही मोडल भने पारामाउन्ट मोटर्सले बिक्री गर्ने गरी नेपाल भित्र्याएको थियो । तर अब पारामाउन्ट मोटर्सले यो ब्रान्डको कारोबार भने नगर्ने बताएको छ ।

पाँच जना बस्न मिल्ने म्याक्सस ईटेरानो पिकअपमा हिटेड सिट समेत भएकाले लामो यात्राका लागि समेत उपयोगी छ । फोर ह्विल ड्राइभमा उपलब्ध सो पिकअपमा १०२ किलोवाट आवरको ब्याट्री रहेको छ, जसलाई ४२ मिनेटमा २० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । १९० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन सकिने सो पिकअपले सिंगल चार्जमा ५६० किलोमिटर (एनईडीसी) रेन्ज दिने बताइएको छ । यसको फ्रन्टमा १२५ र रियरमा २०० किलोवाटको मोटर छ ।
२३० एमएम ग्राउन्ड क्लियरेन्स भएको ईटेरानो पिकअपमा सेफ्टीका लागि समेत ३६० डिग्री क्यामेरा, रियर र फ्रन्ट पार्किङ सेन्सर, एसीसी, आईसीए, लेन किप असिस्ट, इन्टेलिजेन्ट स्पिड लिमिट असिस्टेन्स लगायतका विभिन्न फिचर छन् ।
त्यसैगरी म्याक्सस मिफामा भएको ९० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ६३५ किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिने बताइएको छ । ब्याट्रीलाई ३० मिनेटमा ३० देखि ० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यसमा १८० किलोवाटको मोटर छ ।

दुवै गाडीमा कम्पनीले पुरै गाडीमा ५ वर्ष वा १ लाख किलोमिटर र ब्याट्रीमा ८ वर्ष वा २ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध गराउने बताएको छ ।
नेपाली बजारमा औपचारिक रुपमा बैशाख महिनामै यी गाडीको बिक्री प्रारम्भ भएको औपचारिक घोषणा गरिने कम्पनी स्रोतको भनाइ छ ।
हिमालय मोट्रक्स नाडाका पूर्व अध्यक्ष ध्रुव थापाले सञ्चालन गरेको कम्पनी हो । हिमालय अर्गनाइजेसन अन्तर्गतको सो कम्पनीले फोर्स गाडीको कारोबार गर्नुका साथै दिपलको पोखराका लागि समेत डिलरको रुपमा कार्य गरिरहेको छ ।
काठमाडौं – नेपाली बजारमा चीनको नम्बर वान ईभी ब्रान्ड आइमाका इलेक्ट्रिक...
अमेरिका, जापान तथा अन्य अन्तर्राष्ट्रिय अटो निर्माता कम्पनीहरूको...
बेल्जियमको प्रतिष्ठित फ्लेमिस अटोमोबाइल क्लब भीएबीले बीवाईडी एट्टो ३...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...