स्पार्क प्लग हेरेर थाहा पाउन सकिन्छ इन्जिनको अवस्था, कुन संकेतले के भन्छ?
पेट्रोल इन्जिन भएका कार वा मोटरसाइकलमा स्पार्क प्लग निकै महत्वपूर्ण...
हामी धेरैले सडकमा यात्रा गर्दा पानी प्यास लागेमा सहजताका लागि बोतलमा पानी राख्ने गर्छौ । तर कतिपय अवस्थामा यसैका कारण गम्भीर दुर्घटना समेत हुने गरेको पाइएको छ ।
मलेसियाको सिन चिउ डेलीले यस सम्बन्धी विस्तृत विवरण प्रकाशित गरेको छ । त्यसैगरी Polis Daerah Pendang नामक फेसबुक पेजमा यस सम्बन्धी सचेतनामूलक सामग्री प्रकाशित गरिएको छ ।
धेरै गाडीहरुमा कप होल्डर राखिएको हुन्छ । तर कतिपयले कप होल्डरमा बोतलका सट्टा अन्य सामग्री राखेर बोतललाई जता मन लाग्यो, उतै राख्ने गरेको पाइन्छ । त्यसैगरी धेरैजसो गाडीहरुमा कप होल्डर हुँदैन ।
यो अवस्थामा ड्राइभरहरुले जतासुकै पनि बोतल राख्ने गरेको पाइन्छ । कतिपय अवस्थामा यो बोतल लडीबुडी गर्दै ब्रेक र एक्सिलरेटर भएको स्थानमा गएर बस्न सक्छ ।
यदि त्यसरी बस्यो भने ब्रेक लगाउन वा एक्सिलरेटर थिच्दा आवश्यक कार्य नहुने हुन्छ । जसले गर्दा गम्भीर दुर्घटना हुन सक्छ ।
त्यसैले यो कुरामा सबैले सचेतता अपनाउने कि ?
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...