‘दिगो विकास र सुरक्षित यात्रा मेरो अधिकार’ विषयक उच्चस्तरीय छलफल कार्यक्रम नेपालगन्जमा सम्पन्न

लुम्बिनी प्रदेशको एक प्रमुख सहर नेपालगन्जमा आइतबार ‘दिगो विकास र सुरक्षित यात्रा मेरो अधिकार’ विषयक उच्चस्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ ।

सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा भएको सो कार्यक्रममा लुम्विनी प्रदेशका मन्त्री, सांसदहरु एवम् नेपालगन्ज उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तथा बाँकेका प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न क्षेत्रका ८० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमाल तथा प्रदेश सभा सदस्यहरु कृष्ण केसी र आईपी खरेलले सडक सुरक्षाका लागि प्रदेश स्तरबाट आवश्यक ऐन कानुन निर्माण र कार्यान्वयनको लागि प्रतिवद्धता व्यक्त गरे ।

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, राष्टिय खेलकुद परिषदका बोर्ड सदस्य सुमित्रा चौधरी, अर्थोपेडिक सर्जन प्रकाश बहादुर थापा, ट्राफिक प्रहरीको तर्फबाट हिमाल शाह, राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय प्रमुख झंकर रावल, नेपाल पत्रकार महासंघका तर्फबाट शुक्रऋषि चौलागाईं, डा. विनोद कर्ण, एमाले नेता भिम ओली लगायतले आ–आफ्नो विचार प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममार्फत यस क्षेत्रमा दिगो विकासका लागि सुरक्षित सडक र सवारी भन्ने मूल अभियानलाई सैद्धान्तिक अनुमोदन गरिएको छ । कार्यक्रममा एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले सडक सुरक्षाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भ वारेमा प्रस्तुतिकरण गरेका थिए ।

लुम्बिनी तथा कर्णाली प्रदेश समेतको सार्वजनिक यातायात व्यबस्थापन, सडक सुरक्षा, उद्धार, उपचार तथा पुनस्र्थापना र एकताबद्ध प्रयासका लागि समेत कार्यक्रममा छलफल भएको छ । साथै मोटरसाइक्लिङ सुरक्षाको लागि सुरक्षित हेल्मेट, सडक सुरक्षा काउन्सिल एवम् उपभोक्ता तथा मानव अधिकारको विषयमा समेत सहभागीहरुले आफ्नो धारणा राखेका थिए ।

सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारीद्वारा संयोजन गरिएको सो कार्यक्रममा सांकेतिक रुपमा सुरक्षित हेल्मेटको वारेमा ज्ञान दिलाउनका लागि एफआईए हेल्मेट वितरण गरिएको थियो भने सडक सुरक्षा सम्बन्धी विश्वव्यापी प्रतिवद्धता पत्रमा सम्पूर्ण अतिथि तथा सहभागीहरुले हस्ताक्षर गरेका थिए ।

सम्बन्धित समाचारहरू

तीव्र प्रतिस्पर्धाका साथ सकियो नेपाल रोड रेसिङ च्याम्पियनसिप राउन्ड १

तीव्र प्रतिस्पर्धाका साथ सकियो नेपाल रोड रेसिङ च्याम्पियनसिप राउन्ड १

काठमाडौं – नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५ अन्तर्गत राउन्ड १ सकिएको छ ।...

एक्सपल्स राइडर क्लबको नयाँ नेतृत्वलाई नासा नेपालको बधाई तथा शुभकामना

एक्सपल्स राइडर क्लबको नयाँ नेतृत्वलाई नासा नेपालको बधाई तथा शुभकामना

काठमाडौं– नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले एक्सपल्स राइडर...

यो दशैंमा नेपाललाई मोटरस्पोर्ट्सको उपहार : ऐतिहासिक स्वर्ण पदक

यो दशैंमा नेपाललाई मोटरस्पोर्ट्सको उपहार : ऐतिहासिक स्वर्ण पदक

दशैँमा नेपाली मोटरस्पोर्ट्सका खेलाडीहरुले एशिया प्यासिफिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...