फर्मुला वान इन स्कुल्सको लागि नेपाली टिम सिंगापुर जादै
काठमाडौ इन्जिनियरिङ्ग कलेजका दुई विद्यार्थी सहित चार सदसीय नेपाली टिम...
काठमाडौं – नेपालमा पहिलो पटक मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय अन्तरक्रिया हुन गइरहेको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा), एलाइन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी नेपाल तथा नासा फाउन्डेसन र स्वतन्त्रता अभियानको संयुक्त आयोजनामा सो अन्तरक्रिया हुन लागेको हो ।
नेपालमा बढ्दो सवारी दुर्घटना र त्यसमा मोटरसाइकल दुर्घटना तथा त्यसको असर, सुरक्षित हेल्मेटको आवश्यकता र प्रविधि, हेल्मेट सम्बन्धी ऐन कानुन तथा दुर्घटना पछिको उद्दार, उपचार र पुनस्र्थापनाका साथै नेपालमा क्रियाशील निकायहरुको भुमिकाको वारेमा प्रस्तुतिकरण र छलफल हुनेछ ।
फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआईए) द्वारा प्रदान गरिएको हेल्मेट समेत सो अवसरमा प्रदर्शन र वितरण गरिने छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाद्वारा शुभारम्भ गरिने उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, यातायात व्यवस्था विभाग र सडक विभागको तर्फबाट प्रस्तुतिकरण गरिने छ । त्यस्तै नासा फाउन्डेसन, इन्टरमोडल ट्रान्सपोर्टेसन डेभलपमेन्ट बोर्ड, राष्ट्रिय ट्रमा सेन्टर र गुणस्तर तथा नापतौल विभागको तर्फबाट समेत सुरक्षित मोटरसाइक्लिस्टको विषयमा प्रस्तुतिकरण हुनेछ ।
कार्यक्रममा विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, मेडिकल र ट्रान्सपोर्ट विषयमा शोधार्थी, अटोमोबाइल सम्बद्ध व्यावसायिक संघ संस्थाका पदाधिकारीहरुका साथै राइडर र उपभोक्ता अधिकारकर्मीहरुको सहभागिता रहने छ ।
आगामी जुन महिनाको अन्तिम हप्तामा संयुक्त राष्ट्र संघमा रोड सेफ्टी सम्बन्धी विश्व सम्मेलन हुँदैछ । सो सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रमा ट्ु ह्विल सेफ्टी मुख्य एजेन्डा बनाइएको सन्दर्भमा सो सम्मेलनले राष्ट्रिय अवधारणा तयार गर्ने नासा नेपालले बताएको छ ।
काठमाडौ इन्जिनियरिङ्ग कलेजका दुई विद्यार्थी सहित चार सदसीय नेपाली टिम...
नेपाल लगायतका विश्वका हिन्दुहरु महान चाड बडादशैमा व्यस्त हुने क्रममा...
काठमाडौं – १६ बुँदे घोषणा पत्र जारी गर्दै सडक सुरक्षामा कार्यरत युवा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...