भेटिएन हेटौंडामा जमिनमुनि बेपत्ता गाडीः अब भूगर्भविद्को सहयोगमा खोजी अघि बढ्ने

हेटौँडा औ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित गैरीगाउँमा शुक्रबार जमिनमुनि हराएको गाडी तीन दिनसम्मको खोजी प्रयासपछि पनि फेला नपरेपछि अब भूगर्भविद्को सहयोगमा खोजी अगाडि बढाइने भएको छ ।

गत शुक्रबार दिउँसो करिब १ बजेको समयमा गैरीगाउँको एक स्थानमा रोकिराखिएको ना ४ ख ४८३३ नम्बरको गाडी अकस्मात् जमिन भासिएर माटोमुनि हराएको थियो । घटना लगत्तै प्रहरी, दमकल र अन्य प्राविधिक टोली परिचालन गरेर खोजी कार्य सुरु गरिए पनि आइतबार दिउँसोसम्म पनि गाडीको कुनै अत्तोपत्तो पत्ता लाग्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा डिएसपी श्यामु अर्यालका अनुसार प्रारम्भिक चरणमा आवश्यक खोजीका कामहरू गरिएको भए पनि गाडी फेला नपरेपछि जोखिमको मूल्याङ्कन गर्दै हाललाई स्थगित गरिएको छ ।

‘स्थलको वरिपरी पानी जमेको थियो, हामीले त्यो हटायौं । जेसीबी प्रयोग गरेर खन्ने प्रयास पनि भयो, तर थप जमिन भासिने सम्भावना रहेकाले तत्कालका लागि खोजी कार्य रोकिएको छ,’ डिएसपी अर्यालले भने ।

भूगर्भ विज्ञ बोलाउने निर्णय

घटनाको गम्भीरता र स्थानको संवेदनशीलता मूल्याङ्कन गर्दै हेटौंडा उपमहानगरले आइतबार एक आकस्मिक बैठक डाकेर भूगर्भविद्हरूको सहयोगमा वैज्ञानिक ढंगबाट खोजी कार्य अघि बढाउने निर्णय गरेको छ ।

उपमहानगर प्रमुख मिनाकुमारी लामाले सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासँगको छलफलपछि भूगर्भ विभागसँग समन्वय गरेर औपचारिक पत्राचार गरिएको जानकारी दिइन् । ‘हामीले यो घटनालाई सामान्य दुर्घटना भनेर हेर्न मिल्दैन । स्थानको भौगोलिक बनावट, माटोको बनोट तथा जमिनको स्थायित्वबारे वैज्ञानिक परीक्षण आवश्यक छ भन्ने निष्कर्षमा पुगेका छौं,’ उनले भनिन् ।

उपमहानगरका अनुसार भूगर्भ विभागको टोली आवश्यक प्रविधि र उपकरणसहित अध्ययन गर्न सोमबारसम्म हेटौंडा पुग्ने अपेक्षा गरिएको छ । अध्ययनपछि खोजी प्रक्रिया पुनः सुरु गरिनेछ ।

सम्बन्धित समाचारहरू

राइडिङ शेयर एप ‘सवारी’को ब्राण्ड एम्बेस्डरमा हरिस नियुक्त

राइडिङ शेयर एप ‘सवारी’को ब्राण्ड एम्बेस्डरमा हरिस नियुक्त

काठमाडौं । नेपाली युवाहरु मिलेर बनाएको राइडिङ शेयर एप ‘सवारी’को ब्राण्ड...

फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै

फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै

काठमाडौं – मेरोअटो अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्स...

साउनदेखि ड्राइभिङ लाइसेन्सको काम राष्ट्रिय परिचयपत्रले नै गर्ने

साउनदेखि ड्राइभिङ लाइसेन्सको काम राष्ट्रिय परिचयपत्रले नै गर्ने

काठमाडौं – आगामी साउनदेखि राष्ट्रिय परिचयपत्रले समेत ड्राइभिङ लाइसेन्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...