भेटिएन हेटौंडामा जमिनमुनि बेपत्ता गाडीः अब भूगर्भविद्को सहयोगमा खोजी अघि बढ्ने

हेटौँडा औ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित गैरीगाउँमा शुक्रबार जमिनमुनि हराएको गाडी तीन दिनसम्मको खोजी प्रयासपछि पनि फेला नपरेपछि अब भूगर्भविद्को सहयोगमा खोजी अगाडि बढाइने भएको छ ।

गत शुक्रबार दिउँसो करिब १ बजेको समयमा गैरीगाउँको एक स्थानमा रोकिराखिएको ना ४ ख ४८३३ नम्बरको गाडी अकस्मात् जमिन भासिएर माटोमुनि हराएको थियो । घटना लगत्तै प्रहरी, दमकल र अन्य प्राविधिक टोली परिचालन गरेर खोजी कार्य सुरु गरिए पनि आइतबार दिउँसोसम्म पनि गाडीको कुनै अत्तोपत्तो पत्ता लाग्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा डिएसपी श्यामु अर्यालका अनुसार प्रारम्भिक चरणमा आवश्यक खोजीका कामहरू गरिएको भए पनि गाडी फेला नपरेपछि जोखिमको मूल्याङ्कन गर्दै हाललाई स्थगित गरिएको छ ।

‘स्थलको वरिपरी पानी जमेको थियो, हामीले त्यो हटायौं । जेसीबी प्रयोग गरेर खन्ने प्रयास पनि भयो, तर थप जमिन भासिने सम्भावना रहेकाले तत्कालका लागि खोजी कार्य रोकिएको छ,’ डिएसपी अर्यालले भने ।

भूगर्भ विज्ञ बोलाउने निर्णय

घटनाको गम्भीरता र स्थानको संवेदनशीलता मूल्याङ्कन गर्दै हेटौंडा उपमहानगरले आइतबार एक आकस्मिक बैठक डाकेर भूगर्भविद्हरूको सहयोगमा वैज्ञानिक ढंगबाट खोजी कार्य अघि बढाउने निर्णय गरेको छ ।

उपमहानगर प्रमुख मिनाकुमारी लामाले सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासँगको छलफलपछि भूगर्भ विभागसँग समन्वय गरेर औपचारिक पत्राचार गरिएको जानकारी दिइन् । ‘हामीले यो घटनालाई सामान्य दुर्घटना भनेर हेर्न मिल्दैन । स्थानको भौगोलिक बनावट, माटोको बनोट तथा जमिनको स्थायित्वबारे वैज्ञानिक परीक्षण आवश्यक छ भन्ने निष्कर्षमा पुगेका छौं,’ उनले भनिन् ।

उपमहानगरका अनुसार भूगर्भ विभागको टोली आवश्यक प्रविधि र उपकरणसहित अध्ययन गर्न सोमबारसम्म हेटौंडा पुग्ने अपेक्षा गरिएको छ । अध्ययनपछि खोजी प्रक्रिया पुनः सुरु गरिनेछ ।

सम्बन्धित समाचारहरू

हर्नका आवाज फरक हुनुको विज्ञान, पीं–पींदेखि पों–पोंसम्मको रोचक विज्ञान

हर्नका आवाज फरक हुनुको विज्ञान, पीं–पींदेखि पों–पोंसम्मको रोचक विज्ञान

सडकमा यात्रा गर्ने क्रममा हरेक सवारी साधनको हर्न फरक सुनिन्छ। कुनै कारको...

के गाडी नचढ्ने मान्छे मात्र साधारण हुन्छन् ? सवारी आवश्यकता कि विलाशीता ?

के गाडी नचढ्ने मान्छे मात्र साधारण हुन्छन् ? सवारी आवश्यकता कि विलाशीता ?

देशमा नयाँ सरकार बन्ने प्रतीक्षा छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा...

यी संकेतले भन्छ, अव तपाईको कार बेच्ने समय भयो

यी संकेतले भन्छ, अव तपाईको कार बेच्ने समय भयो

लामो समयसम्म कारको उपभोग गर्दा यसको मर्मत सम्भारमा ठूलो रकम खर्च भइसकेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...