ब्याट्री रेन्टल प्रोग्राम सहित हिरोको नयाँ इलेक्ट्रिक स्कुटर भिडा भीएक्स२ लन्च

हिरो मोटोकर्पको इलेक्ट्रिक ब्रान्ड भिडाले भारतमा आफ्नो नयाँ र किफायती इलेक्ट्रिक स्कुटर भिडा भीएक्स२ लन्च गरेको छ। कम्पनीले यसलाई ‘ई-वुटर’ नाम दिइएको छ र सो स्कुटर एकपटक फुल चार्ज गरेपछि १४२ किलोमिटरसम्म चल्ने दाबी गरिएको छ।

भिडा भीएक्स२ ब्याट्री रेन्टल प्रोग्राम ब्याट्री एज अ सर्भिसको साथमा दुई फरक भेरिएन्टमा प्रस्तुत गरिएको छ । ब्याट्री एज अ सर्भिस अन्तर्गत यसको सुरुवाती मूल्य ५९ हजार ४९० भारु मात्र राखिएको छ, तर यसमा ब्याट्रीको लागत छुट्टै हुनेछ । साथै सो स्कुटर सस्तो मूल्यमा खरिद गर्न सक्नेछ । यसमा यदि ब्याट्रीको कार्यक्षमता ७० प्रतिशत भन्दा तल झर्‍यो भने, कम्पनीले नि:शुल्क नयाँ ब्याट्री प्रदान गर्ने बताइएको छ।

भिडा भीएक्स२ को डिजाइन निकै आधुनिक र व्यावहारिक बनाइएको छ। सो स्कुटर भिडा जेडको अवधारणामा आधारित उत्पादन संस्करण हो । भिडा भीएक्स२ मा परमानेन्ट म्याग्नेट सिंक्रोनस मोटर प्रयोग गरिएको छ, जसले ६ किलोवाट पावर र २५ एनएम टर्क उत्पादन गर्न सक्छ। स्कुटरले ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति गो भेरिएन्टमा ४.२ सेकेन्डमा र प्लस भेरिएन्टमा ३.१ सेकेन्डमा लिन सक्छ। स्कुटरको अधिकतम गति स्पोर्ट्स मोडमा ८० किलोमिटर प्रतिघण्टा, राइड मोडमा ७० किलोमिटर प्रतिघण्टा र इको मोडमा ४५ किलोमिटर प्रतिघण्टा रहेको छ।

भिडा भीएक्स२ दुई भेरिएन्टमा उपलब्ध छ। गो भेरियन्टमा २.२ किलोवाट आवरको हटाउन मिल्ने ब्याट्री छ, जसले ९२ किमीको आईडीसी रेन्ज दिन्छ। प्लस भेरिएन्टमा भने दुई वटा ३.४ किलोवाट आवरका ब्याट्री प्याक छ, जसले पूर्ण चार्जमा १४२ किलोमिटरको रेन्ज दिने बताइएको छ। प्लस भेरिएन्ट इको मोडमा १०० किलोमिटर, राइड मोडमा ७५ किलोमिटर र स्पोर्ट्स मोडमा ६५ किलोमिटर चल्नेछ।

प्लस भेरिएन्टको दुबै ब्याट्रीलाई ० देखि १०० प्रतिशत चार्ज गर्न ५ घण्टा ३९ मिनेट लाग्नेछ भने गो भेरिएन्टको एक ब्याट्री चार्ज गर्न ३ घण्टा ४३ मिनेट लाग्नेछ। फास्ट चार्जरको सहयोगमा दुबै भेरिएन्ट १२० मिनेटमा फुल चार्ज हुनेछ।

सो स्कुटर ट्युबुलर फ्रेममा आधारित छ र दुवैतर्फ १२ इन्चको अलोय ह्विल छ। यसको अगाडि ड्युअल टेलिस्कोपिक फोर्क र पछाडि एडजस्टेबल मोनोशक सस्पेन्सन दिइएको छ। ब्रेकिङका लागि प्लस भेरिएन्टमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक छ भने गो भेरिएन्टमा दुवै ड्रम ब्रेक छ ।

भिडा भीएक्स२ ले बजाज चेतक, टीभीएस आईक्युब, ओला एस१ र एथर रिज्टा जस्ता लोकप्रिय इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचारहरू

लन्च भयो हिरोको पहिलो इलेक्ट्रिक स्कुटर भिडा भी१ : २ भेरिएन्ट, रेन्ज १६५ किमी

लन्च भयो हिरोको पहिलो इलेक्ट्रिक स्कुटर भिडा भी१ : २ भेरिएन्ट, रेन्ज १६५ किमी

हिरो मोटोकर्पले पहिलो इलेक्ट्रिक स्कुटर भिडा भी१ लन्च गरेको छ । भिडा भी१...

सुपर स्प्लेन्डरको ‘एक्सटेक’ भेरिएन्ट सार्वजनिक, ६८ किलोमिटर माइलेज दिने दावी

सुपर स्प्लेन्डरको ‘एक्सटेक’ भेरिएन्ट सार्वजनिक, ६८ किलोमिटर माइलेज दिने दावी

हिरो मोटो कर्पले सुपर स्प्लेन्डरको नयाँ भेरिएन्ट एक्सटेक सार्वजनिक गरेको...

हिरो करिज्मा एक्सएमआरको हेडलाइट र टेललाइट सार्वजनिक, अगस्ट २९ मा लन्च हुने

हिरो करिज्मा एक्सएमआरको हेडलाइट र टेललाइट सार्वजनिक, अगस्ट २९ मा लन्च हुने

सन् २००३ मा पहिलो पटक लन्च गरिएको हिरो मोटोकर्पको करिज्मा पुनः लन्च हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...