यस्तो छ हिरोको नयाँ मूल्य सूची : सबैभन्दा लोकप्रिय एक्सपल्स २०० र स्प्लेन्डर प्लसको मूल्य समेत बढ्यो
काठमाडौं – नेपाली बजारमा बिक्री भइरहेका हिरोका अधिकांश मोडलको मूल्य...
काठमाडौं–नेपाली युवा राइडरमाझ निकै चर्चा कमाएको हिरो एक्सपल्स अब झनै शक्तिशाली इन्जिनमा आएको छ । नाडा अटो शोमा प्रदर्शनका लागि मात्र राखिएको सो एक्सपल्स २१० बाइकको मूल्य भने सार्वजनिक भएको छैन ।
हालको एक्सपल्स २०० भन्दा बढी एड्भेन्चर फिल हुनेगरी यसको डिजाइन गरिएको छ । साथै, इन्जिन समेत केही ठूलो भएका कारण यसले दिने पावर र पर्फमेन्स समेत उच्च रहेको छ । एक्सपल्स २१० को सिट हाइट समेत केही अग्लो छ भने तौल १० केजी बढि छ । इन्जिन ठूलो भएका कारण यसले दिने माइलेजमा भने केही कमी हुनेछ ।
एक्सपल्स २१० मा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम २४.६ बीएचपी पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा ६ स्पीड गियरबक्स दिइएको छ । एक्सपल्स २१० मा नयाँ डिजाइनको फ्युल ट्यांकि दिइएको छ भने मोटरसाइकलको फ्रन्टमा फुल्ली एड्जस्टेबल यूएसडी फर्क तथा रियरमा ट्राभल मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।
यस मोटरसाइकलमा स्वीचएबल डुअल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाइ टर्न नेभिगेसन देखिने ४.२ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर, स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, विन्डस्क्रिन, एलईडी टर्न इन्डिकेटर जस्ता फिचरहरू छन् ।
काठमाडौं – नेपाली बजारमा बिक्री भइरहेका हिरोका अधिकांश मोडलको मूल्य...
विश्वको सबैभन्दा ठूलो टु–ह्विलर अटो उत्पादक हिरो मोटोकर्पले आफ्नो बजार...
हिरो मोटोकर्पको इलेक्ट्रिक स्कुटर भिडा भी१ प्रोले २४ घण्टामा १७८०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...