हिरो एक्सपल्सकाे “द फर्स्ट २१० एक्सपेरियन्स” सम्पन्न, एक अविस्मरणीय एड्भेन्चर अनुभव

काठमाडौं - नेपालका लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता सीजी माेटर्सले भक्तपुरको सल्लाघारी मैदानमा सर्वोत्कृष्ट र बहुप्रतिक्षित हिरो एक्सपल्स २१० (Hero Xpulse 210) मा केन्द्रित एक विशेष प्रयोगात्मक कार्यक्रम "द फर्स्ट २१० एक्सपेरियन्स" सफलतापूर्वक आयोजना गरेको छ।

साे कार्यक्रममा रोमाञ्चक अफरोड अनुभवका लागि एड्भेन्चर प्रेमी, राइडरहरू, सञ्चारकर्मी तथा कन्टेन्ट क्रिएटरहरूको उत्साहजनक सहभागिता रहेको थियो।

यस कार्यक्रममार्फत नेपालका मोटरसाइकल प्रेमीहरूले सल्लाघारीस्थित 'एक्सट्र्याक्स' (Xtracks) को विशेष रूपमा डिजाइन गरिएको ट्र्याक (Dirt Track) मा पहिलो पटक हिरो एक्सपल्स २१० को अनुभव लिने अवसर पाएका थिए।

सहभागीहरूले चुनौतीपूर्ण अफरोड परिस्थितिहरूमा यस मोटरसाइकलको परिमार्जित कार्यक्षमता (enhanced performance), उत्कृष्ट सस्पेन्सन र एड्भेन्चर-अनुकूल क्षमताहरूको स्थलगत परीक्षण (Test Ride) गरेका थिए।

साे अवसरमा बोल्दै सीजी मोटर्स-हिरोले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय राइडिङ अनुभव र एड्भेन्चर-केन्द्रित उत्पादनहरू उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको व्यक्त गरेको छ।

परम्परागत सडकहरूभन्दा बाहिर निस्केर बहुमुखी प्रतिभा, उच्च कार्यक्षमता र अन्वेषण चाहने राइडरहरूको बदलिँदो आवश्यकतालाई पुरा गर्न हिरो एक्सपल्स २१० को विकास गरिएको कम्पनीले बताएको छ।

"द फर्स्ट २१० एक्सपेरियन्स" मार्फत सीजी मोटर्स-हिरोले नयाँ क्षेत्रहरू पहिल्याउन र एड्भेन्चरको भावनालाई आत्मसात् गर्न चाहने राइडरहरूका लागि एक्सपल्स (Xpulse-210) ब्रान्ड नै पहिलो रोजाइको एड्भेन्चर मोटरसाइकल हो भन्ने कुरालाई पुनः पुष्टि गरेको बताएको छ।

सम्बन्धित समाचारहरू

अंग्रेजी नयाँ वर्षका शुरुमै नेपाली बजारमा हिरो एक्सपल्स २०० फोरभी उपलब्ध हुने

अंग्रेजी नयाँ वर्षका शुरुमै नेपाली बजारमा हिरो एक्सपल्स २०० फोरभी उपलब्ध हुने

काठमाडौं – नेपाली बजारमा फोर भल्वयुक्त एड्भेन्चर मोटरसाइकल हिरो...

हिरो ब्रान्डका बाइक किन्दा ५ लाख सम्मको क्यास र बम्परमा नेटा भी ईभी जित्न सकिने

हिरो ब्रान्डका बाइक किन्दा ५ लाख सम्मको क्यास र बम्परमा नेटा भी ईभी जित्न सकिने

काठमाडौं – सीजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा...

नेपाली बजार : हिरो एक्सपल्स २०० फोरभीका साथै अन्य तीन मोडल एकै पटक लन्च गरिने

नेपाली बजार : हिरो एक्सपल्स २०० फोरभीका साथै अन्य तीन मोडल एकै पटक लन्च गरिने

काठमाडौं – हिरो एक्सपल्स २०० फोरभीका साथै ग्ल्यामर र सुपर स्प्लेन्डर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...