हिरो इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा, बिक्री वितरण सुरु
काठमाडौं – भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि...
हिरो मोटोकर्पले केही समय पछि लन्च गर्ने तयारी गरिरहेको २०२२ हिरो एक्सपल्स २००टी फोरभीको टिजर सार्वजनिक गरेको छ । सोसल मिडिया ह्यान्डलमा सार्वजनिक गरिएको टिजर अनुसार पहिले भन्दा यसमा केही कस्मेटिक अपडेट गरिने छ भने नयाँ कलर स्किम समेत थप हुनेछ ।
केही समय पहिले टीभीसी सुटको क्रममा समेत यो देखिएको थियो । त्यो समयमा फोर्क कभर गेटर्स, हेडल्याम्प माथि नयाँ भाइजर, न्यु पेन्ट स्किम र अन्य केही परिवर्तन हुने समाचारले चर्चा पाएको थियो । यद्यपि यसको सबैभन्दा ठूलो परिवर्तन भने पावरट्रेनमा हुनेछ ।
यसमा हिरो एक्सपल्स २०० फोरभीमा जस्तै १९९.६ सीसीको इन्जिन हुनेछ, जसले १८.९ बीएचपी पावर र १७.३५ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनलाई फाइभ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ । त्यसैगरी यसमा टर्न बाई टर्न नेभिगेसन सहितको ब्लुटुथ–पावर्ड डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, युएसबी चार्जिङ पोर्ट जस्ता फिचर हुनेछन् ।
अन्य कुरा भने यथावत हुनेछन् । यसमा सिंगल च्यानल एबीएस सहितको डिस्क ब्रेक हुनेछ ।
हाल नेपाली बजारमा समेत हिरो एक्सपल्स २००टी फोरभी उपलब्ध छ । यसको मूल्य ३ लाख ८४ हजार रुपैयाँ छ । भारतमा भने यसको मूल्य १ लाख २४ हजार भारु छ । नयाँ भर्सनको एड्भेन्चर बाइकको मूल्य यो भन्दा केही बढी हुने अनुमान गर्न सकिन्छ ।
काठमाडौं – भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि...
हिरो मोटोकर्पले एक्सट्रिमको अपडेट भर्सन २०२३ एक्सट्रिम १६०आर ४भी भारतमा...
युवाहरु माझ निकै लोकप्रिय हिरो करिज्मा बाइकको उत्पादन सन् २०१५ मा अचानक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...