हिरोको ४४० सीसी बाइकको नाम माभ्रिक हुने, हार्ले डेभिडसन एक्स४४० मा आधारित हुने
हिरो मोटोकर्पको बहुप्रतीक्षित ४४० सीसीको बाइक ल्याउने भएको छ र यसको नाम...
नेपाली बजारमा हिरो एक्सपल्स २०० फोरभी पहिलो पटक गत चैत महिनामा नेपाल भित्रिएको थियो । शुरुमा ४ लाख ५० हजार मूल्य तोकिएको सो मोटरसाइकलको मूल्य ४ लाख ५२ हजार ५ सय रुपैयाँ छ ।
इन्जिन
एक्सपल्स २००, २०० सीसीको बीएस६ आयल कू्ल्ड इन्जिनद्वारा सुसज्जित छ, जसले ८५०० आरपीएममा १९.१ पीएसको पावर र ६५०० आरपीएममा १७.३५ एनएमको टर्क जेनेरेट गर्छ ।
४ भल्भ आयल कूल्ड इन्जिनले मध्य र उच्च गति (टप–एन्ड स्पिड रेन्ज)मा उत्कृष्ट शक्ति प्रदान मात्र गर्दैन तर कम्पनहरूलाई नियन्त्रणमा राख्दै उच्च गतिमा पनि तनावमुक्त इन्जिन कार्यसम्पादन प्रदान गर्दछ ।
हाइ–टेक एडभेन्चर
नवीनतम प्रविधिले सुसज्जित, एक्सपल्स २०० फोरभीले अधिक दूरीको लागि एक आरामदायक सवारी ग्यारेन्टी गर्दछ । परिष्कृत एलईडी हेडलाइटले राती राम्रोसँग देख्न सकिने तुल्याउँछ र सडकलाई समान रूपले उज्यालो बनाउँछ।
यसले स्मार्टफोन कनेक्टिभिटी र कल अलर्ट, टर्न–बाइ–टर्न नेभिगेसन, गियर इन्डिकेटर, इको मोड र मानक प्रस्तावको रूपमा दुई ट्रिप मिटर र सिंगल च्यानल एबीएस जस्ता सेगमेन्ट–फस्र्ट विशेषताहरू उपलब्ध गराएको छ ।
एडभेन्चर ट्युन्ड
सबैखालका भू–भागमाथि विजयको मनोभावसहित मोटरसाइकलमा लङ सस्पेन्सन ट्राभल –१९० एमएम फ्रन्ट र १७० एमएम रियर साथै २१ इन्च फ्रन्ट र १८ इन्च रियर स्पोक ह्वील रहेको छ । चट्टाने र जोखिमयुक्त भू–भागहरूमा समस्यामुक्त यात्रा सवारी सुनिश्चित गर्नको लागि मोटरसाइकलमा इन्जिनलाई जोगाउने आल्मुनियम स्किड प्लेट, अधिकतम पकड र नियन्त्रणको लागि नयाँ दाँत भएको ब्रेक प्याडल र गहिरो पानीको सतह पार गर्न सक्षम बनाउने अपस्वेप्ट निकासले सुसज्जित छ ।
अन/अफ–रोड तयारी
दोहोरो प्रयोगयुक्त टायर (डुअल पर्पज टायर), १० स्टेप एडजस्टेबल मोनो–सक सस्पेन्सन, ८२५ एमएमको पहुँचयोग्य सिट उचाइ र २२० एमएमको हाई ग्राउन्ड क्लियरेन्सले साहसिक राइडरका लागि राम्रो राउन्ड प्याकेज प्रदान गर्दछ ।
राम्रोसँग इञ्जिनियरिङ गरिएको च्यासिस सेटअपका कारण एक्सपल्स २०० फोरभीले दैनिक यात्राको लागि होस् वा ग्रामीण–सडक (कन्ट्री रोड्स)मा वा अफ–रोड भू–भागमा आनन्ददायक यात्राको लागि उत्कृष्ट सवारी अनुभव प्रदान गर्दछ ।
दिन–रातको सवारी
परिष्कृत यात्रा क्षमताको लागि, मोटरसाइकलले बंजी हुक भएको प्लेट प्रदान गर्छ र जसले पछाडि एक जना यात्रुसँगै पनि सामान बोक्न मिल्छ । सुधारिएको सिटको आरामपनले हरेक किलोमिटरको यात्रालाई अझ आरामदायी र अथक बनाउँछ ।
सुरक्षात्मक विन्डसिल्डले हावा र मौसमको राम्रो सुरक्षाका साथै सवारीमा थप बढी आराम प्रदान गर्छ । यूएसबी चार्जरले राइडरलार्ई यात्रा जोडिइरहन मद्दत गर्दछ तथा फ्रन्ट र रियर पेटल डिस्क ब्रेकले प्रभावकारी रूपमा ब्रेक लगाउनमा मद्दत गर्दछ ।
रोमाञ्चक रंग विकल्प
साहसिक र अफ–रोडको भावनाबाट प्रेरित भएर, नयाँ एक्सपल्स २०० फोरभी तीन नयाँ रोमाञ्चक रंग– ट्रेल ब्लू, ब्लिट्ज ब्लू, र रेड रेड विकल्पहरूमा आउँछ, जसले सडकमा सबैको ध्यान आकर्षित गर्नेछ ।
-याली किट
यसअघि नै प्रमाणित तथा मोटरस्पोर्टप्रति उत्साहीहरूलाई मनपर्ने, ¥याली किटले एक्सपल्स २०० फोरभीलाई पूर्ण विकसित -याली मेसिनमा रूपान्तरण गर्न जारी राख्नेछ । ¥याली किट पूर्णतया पूर्ण रूपमा सडक कानुनअनुकूल छ ।
हिरो मोटोकर्पको बहुप्रतीक्षित ४४० सीसीको बाइक ल्याउने भएको छ र यसको नाम...
भारतको सबैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरो मोटोकर्पले हाल कारोबार...
नेपाली युवा राइडरमाझ निकै चर्चा कमाएको हिरो एक्सपल्स अब झनै शक्तिशाली...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...