नेपाल भित्रियो हिरो एक्सपल्स २०० ४भी : एक्सपल्स २०० भन्दा करिव ८० हजार महंगो हुने

काठमाडौं – नेपाली बजारमा केही समय पछि बिक्री गर्ने तयारीका साथ हिरो एक्सपल्स २०० ४भी भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले हाल परीक्षणको लागि यो मोटरसाइकल भित्र्याएको र फागुनको मध्यदेखि यसको औपचारिक बिक्री प्रारम्भ गरिने बताएको छ ।

हाल नेपाली बजारमा उपलब्ध हिरो एक्सपल्स २०० निकै नै लोकप्रिय मोटरसाइकल हो । यसको अपडेट भर्सनको रुपमा भारतीय बजारमा यो मोटरसाइकल केही समय यता बिक्री हुँदै आएको छ । बढ्दो मागका कारण बीचमा यसको उत्पादन नै प्रभावित भएको थियो र पछि केही मूल्य वृद्धिका साथ फेरि बजारमा उपलब्ध गराइएको थियो ।

पहिले अंग्रेजी नयाँ वर्षको सुरुवातमै यसलाई भित्र्याउने तयारी भए पनि विविध कारणले हालै मात्र यो मोटरसाइकल भित्रिएको छ ।

हाल नेपाली बजारमा एक्सपल्स २०० को मूल्य ४ लाख ३ हजार ५ सय रुपैयाँ छ । नेपाली बजारमा अब उपलब्ध हुने एक्सपल्स २०० ४भीको मूल्य पछि नै तोकिने छ । यद्यपि यसको मूल्य करिब ४ लाख ८० हजारको हाराहारी हुने अनुमान गर्न सकिन्छ । भारतमा यसको मूल्य १ लाख ३० हजार भारु छ ।

नयाँ एक्सपल्स २०० ४भीले १८.८ पावर र १७.३५ एनएम टर्क जेनेरेट गर्छ, जुन हाल प्रचलित एक्सपल्स भन्दा बढी हो । हालको स्ट्यान्डर्ड एक्सपल्स २०० ले १७.८ बीएचपी पावर र १६.४५ एनएम टर्क जेनेरेट गर्छ ।

इन्ट्री लेवलको सो एड्भेन्चर मोटरसाइकललाई पावरफुल बनाउनका लागि अन्य धेरै अपडेट समेत गरिएको छ । यसमा अपडेटेड ७ फिन आयल कुलर र सुधारिएको ट्रान्समिसन प्रयोग गरिएको छ । त्यसैगरी एलईडी हेडल्याम्प समेत छ ।

यो मोटरसाइकलमा ब्लुटुथ सपोर्ट र टर्न बाई टर्न नेभिगेसन सहितको फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, गियर इन्डिकेटर, सिंगल च्यानल एबीएस, लङ ट्राभल सस्पेन्सन, ड्युअल परपोज टायर आदि उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

हिरोको ‘एक्सप्लोर विथ एक्सपल्स’ राइड शुरु, ३० भन्दा धेरै एक्सपल्स राइडर लोमान्थाङ प्रस्थान

हिरोको ‘एक्सप्लोर विथ एक्सपल्स’ राइड शुरु, ३० भन्दा धेरै एक्सपल्स राइडर लोमान्थाङ प्रस्थान

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ...

कम सीसीका मोटरसाइकल स्कुटरमा बढ्यो वार्षिक कर

कम सीसीका मोटरसाइकल स्कुटरमा बढ्यो वार्षिक कर

काठमाडौं – बागमती प्रदेश सरकारले दुई पांग्रे सवारी साधनको कर बढाएको छ ।...

हिरो माभ्रिक स्क्र्याम्बलर भर्सनमा पनि आउने, लिक भयो पेटेन्ट डिजाइन

हिरो माभ्रिक स्क्र्याम्बलर भर्सनमा पनि आउने, लिक भयो पेटेन्ट डिजाइन

हिरो मोटोकर्पले आफ्नो प्रिमिमय मोटरसाइकल माभ्रिक ४४० लाई स्क्र्याम्बलर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...