यसकारण राइडरको रोजाइमा पर्न सक्छ हिरो एक्सपल्स २०० फोरभी

हिरो एक्सपल्स एड्भेन्चर मोटरसाइकल प्रेमीमाझ एकदमै लोकप्रिय मोटरसाइकल हो । नेपालमा मात्र नभई भारतीय बजारमा समेत यो मोटरसाइकलमा रुची राख्ने राइडरको संख्या बढिरहेको छ । भारतमा कारोबार थालेको लामो समयपछि नेपाल भित्रिएको यो मोटरसाइकल अहिले यो सेग्मेन्टमा सर्बाधिक बिक्री हुने मोडलका रुपमा स्थापित बनेको छ ।

नेपाली बजारमा यसको २०० र २०० टी गरी कुल दुई मोडल उपलब्ध रहँदै आएपनि २०० मोडल एकदमै सफल बनिरहेको छ । सोही मोडलको नयाँ भर्सन फोरभी परिस्कृत डिजाइन र पावर तथा पर्फमेन्स सहित नेपाल भित्रिएपछि अहिले यो मोटरसाइकलका बारेमा जानकारी लिन चाहने राइडहरुक बढिरहेका छन् ।

मोटरसाइकलमा लामो यात्रा तय गर्न चाहने राइडरको रोजाइमा पर्न सफल यस्ता एड्भेन्चर वाइक अफरोडका लागी समेत उपयोगी मानिन्छन् । उच्च ग्राउन्ड क्लिरियन्स, आरामदायी सस्पेन्सन, उच्चतम पावर तथा पर्फमेन्स र बलियो तथा टिकाउ पार्टपूर्जाका कारण एड्भेन्चर मोटरसाइल राइड गर्न चाहने युवा जमात बढिरहेको अबस्थामा एक्सपल्सको २०० फोरभीले यो सेग्मेन्टमा नयाँ बेन्चमार्क खडा गर्न सक्ने देखिएको छ ।

नेपाली बजारमा उपलब्ध प्राय स्थापित ब्रान्डका एड्भेन्चर मोटरसाइकलको मूल्य ८ लाख माथी तय गरिएको अबस्थामा त्यसको ठिक आधा अर्थात ४ लाख ५० हजार रुपैयँमा खरिद गर्न सकिने बिशेषताका कारण पनि यो वाइक सफल हुने देखिन्छ । हाल बजारमा केटिएमसंग एड्भेन्चर २५० र ३९० मोडल, रोयल इन्फिल्डसंग हिमालयन र बेनेलीसंग टिआरके २५१ जस्ता मोडल उपलब्ध छन् । यी बाइकको मूल्य क्रमश ८ लाख २० हजार, १० लाख ९० हजार, ८ लाख ८९ हजार र ८ लाख २५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यी बाइकमध्ये रोयल इन्फिल्ड हिमालयनमा सबैभन्दा ठूलो इन्जिन दिइएको छ । यो बाइकमा ४११ सिसी क्षमतको इन्जिन जडान गरिएको हो ।

त्यसैगरी केटिएम एड्भेन्चर २५० मा २४८ सिसी र ३९० मा ३७३ सिसी क्षमताको इन्जिन दिइएको छ । बेनेली टिआरकेमा २४९ सिसी क्षमताको इन्जिन जडान गरिएको छ भने हिरो एक्सपल्स २०० मा २०० सिसी क्षमताको बिएस६ इन्जिन दिइएको छ ।

यस्तो छ उपलब्ध फिचर्स र पर्फमेन्स
इन्ट्रि लेभलको एड्भेन्चर वाइक एक्सपल्समा २०० सिसी क्षमताको बिएस६ आयल कुल्ड इन्जिन जडान गरिएको छ । यो मोटरसाइकलको अधिकतम पवार १९.१ पिएस र टर्क १७.३५ एनएम रहेको छ । यो मोटरसाइकलमा हिरो मोटोकर्पले सेग्मेन्टकै उत्कृष्ट कुलिङ सिस्टम उपलब्ध गराएको दाबी गरेको छ ।

साथै यो मोटरसाइकलमा एलइडी हेडलाइट, स्मार्ट फोन कनेक्टिभिटी र कल अलर्ट, टर्न वाई टर्न नेभिगेसन, गियर इन्डिकेटर, इको मोड, डवल ट्रिप मिटर, सिंगल च्यानल एबिएस जस्ता सेग्मेन्ट फस्र्ट फिचर्स दिइएको छ ।

एड्भेन्च टुरका लागी सहज होस भनेर अगाडी १९० एमएम र पछाडी १७० एमएमको लामो सस्पेन्सन दिइएको छ । जसलाई राइडरले आफ्नो आबश्यकता अनुरुप १० तरिकाले एड्जस्ट गर्न सक्नेछन् । साथै अगाडी २१ इन्च र पछाडी १८ इन्चको स्पोक ह्विल, सुधार गरिएको सिट, विन्डसिल्ड, युएसवी चार्जर र -याली किट उपलब्ध गराइएको छ । अफरोडमा यात्रा गर्ने क्रममा यसको इन्जिनलाई ठोक्किनबाट जोगाउँन आल्मुनियम स्किड प्लेट समेत राखिएको छ । यो मोटरसाइकलको ग्राउन्ड क्लिरियन्स २२० एमएम रहेको छ ।

सम्बन्धित समाचारहरू

सामाजिक सञ्जालमा सक्रिय ५ टु ह्विलर कम्पनीको अवस्था : ६ लाख भन्दा धेरै लाइक

सामाजिक सञ्जालमा सक्रिय ५ टु ह्विलर कम्पनीको अवस्था : ६ लाख भन्दा धेरै लाइक

सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै अहिले प्रायः सबैजसो कम्पनीले...

बालबालिकाका लागि हिरो भिडाको डर्ट.ई के३ इलेक्ट्रिक डर्ट बाइक लन्च

बालबालिकाका लागि हिरो भिडाको डर्ट.ई के३ इलेक्ट्रिक डर्ट बाइक लन्च

हिरो मोटोकर्पले बालबालिकाका लागि विशेष रूपमा डिजाइन गरिएको इलेक्ट्रिक...

नयाँ फिचर सहित लन्च भयो हिरो एक्सट्रिम १६० आर, कति छ मूल्य ?

नयाँ फिचर सहित लन्च भयो हिरो एक्सट्रिम १६० आर, कति छ मूल्य ?

हिरो मोटोकर्पले एक्सट्रिम १६०आर बाइक अपडेट सहित १ लाख १७ हजार १ सय ४८ भारु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...