कति दिन्छ हिरो सुपर स्प्लेन्डरले माइलेज, माइलेज च्यालेन्ज क्याम्पमा देखियो आश्चर्यजनक नतिजा

काठमाडौं – नेपालमा हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले हिरो सुपर स्प्लेन्डरको आषाढ महिनामा माइलेज च्यालेन्ज क्याम्प सफलतापूर्वक सम्पन्न गरेको घोषणा गरेको छ । विशेष गरी माइलेजका कारण नै नेपाली बजारमा सो मोटरसाइकलले वर्षौ देखि प्रभुत्व जमाइरहेको र विरासत कायम गरेको कम्पनीको भनाइ छ ।

विरासतलाई निरन्तरता दिन र आफ्ना ग्राहकहरूमाझ उत्साह ल्याउन विभिन्न डिलरशिपहरूमा माइलेज च्यालेन्ज क्याम्प सञ्चालन गरिएको थियो । सो अवसरमा सुपर स्प्लेन्डर १२५ ले ग्राहकहरूको अपेक्षालाई पार गरेर लगभग ९० किलोमिटर भन्दा बढी माइलेज विजेताहरुले हासिल गरेको कम्पनीको दावी छ ।

हिरो मोटोकर्पका अध्यक्ष डा. बृजमोहन लाल मुञ्जालको १००औँ जन्म जयन्ती समारोहलाई सम्मान गर्दै सो माइलेज च्यालेन्ज सञ्चालन गरिएको समेत कम्पनीको भनाइ छ ।

यस अनुसार सीजी हिरो नेपालगन्जबाट जगदीश चौधरीे ९७.५४ किलोमिटर, सीजी हिरो कावासोतीबाट टिकाराम कँडेलले ९०.२७ किलोमिटर, सीजी हिरो विराटनगरबाट उपेन्द्र मुखियाले ८८.७८ किलोमिटर र सीजी हिरो बुटवलबाट कमल पन्थीे ९०.३२ किलोमिटर प्रतिलिटर माइलेज प्राप्त गरी विजयी बनेका थिए ।

असार २०८१ मा आयोजित सो माइलेज च्यालेन्जमा सुपर स्प्लेन्डरका लोयल ग्राहकहरूले वास्तविक संसारमा आफ्ना सवारी साधनहरूको इन्धन दक्षता परीक्षण गर्न सहभागी भएका थिए । सहभागीहरूले उनीहरूको सुपर स्प्लेन्डर १२५ ले हासिल गरेको प्रभावशाली माइलेजको तथ्याङ्कलाई प्रमाणित गर्नको लागि सुरु र अन्त्य बिन्दुहरू, इन्धन खपत र यात्रा गरेको दूरीलगायत आफ्नो यात्राहरू ट्र्याक गर्न आवश्यक थियो ।

यसरी हिरो मोटोकर्प नेपालले आफ्ना ग्राहकहरूलाई सन्तुष्ट पार्दै ग्राहकहरुको हृदयमा शीर्ष स्थान स्थापित गर्न सफल भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

१० हजार नगद छुटमा हिरो मोटरसाइकल, बम्परमा १ लाख उपहार

१० हजार नगद छुटमा हिरो मोटरसाइकल, बम्परमा १ लाख उपहार

काठमाडौं– हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरलक...

यस्तो देखिने छ हिरोको इलेक्ट्रिक स्कुटर, १०औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक

यस्तो देखिने छ हिरोको इलेक्ट्रिक स्कुटर, १०औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक

हिरो मोटोकर्पले अब आउने इलेक्ट्रिक स्कुटरको पहिलो झलक सार्वजनिक गरेको छ ।...

नयाँ फिचर्स थप भएर आयो हिरो डेस्टिनी १२५ को एक्सटेक भर्सन

नयाँ फिचर्स थप भएर आयो हिरो डेस्टिनी १२५ को एक्सटेक भर्सन

भारतको सबैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरो मोटोकर्पले हाल कारोबार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...