हिरो एक्सपल्स २०० फोरभी -याली एडिसन सोल्ड आउट
केही दिन पहिले भारतमा सार्वजनिक गरिएको हिरो एक्सपल्स २०० फोरभीको -याली...
काठमाडौ – नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक सीजी मोटर्सले आज काठमाडौं स्थित बानेश्वर र सीतापाइलामा आफ्नो हिरो मापदण्ड अनुसारको नयाँ डिलरको अत्याधुनिक शोरुमको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा हिरो मोटोकर्प भारतका एशिया व्यवसाय प्रमुख, सीजी मोटर्सका व्यवसाय प्रमुख, मार्केटिङ प्रमुख, अन्य अतिथि, स्थानीय व्यवसायी, ग्राहक, मिडिया प्रतिनिधि लगायत हिरो पारखी ग्राहकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
हिरोको नयाँ शोरुम मार्फत ग्राहकहरुले हिरोका नवीनतम् प्रविधि जडित मोटरसाइकल तथा स्कुटरका मोडलहरु एउटै स्थानमा अवलोकन तथा खरिद गर्न सक्नेछन् । साथै आधुनिक विक्री सेवा, जेन्युइन स्पेयर पार्ट्स, सरल रुपमा फाइनान्सको सुविधा तथा दक्ष टेक्निसियनहरु मार्फत सर्भिसको सुविधा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
कार्यक्रममा बोल्दै डिलर प्रितिनिधिहरुले ग्राहकको विश्वास नै कम्पनीको सबैभन्दा ठूलो उपलब्धि भएको र नयाँ शोरुमको सुरुवातसँगै अझ उत्कृष्ट सेवा, आधुनिक सुविधा र गुणस्तरीय अनुभव प्रदान गर्नमा प्रतिबद्ध भएको बताए ।
उद्घाटन अवसरमा विशेष आकर्षणको रुपमा नयाँ बाइक तथा स्कुटर प्रदर्शन, टेस्ट राइड सुविधा, ओपनिङ अफर, उपहार तथा क्यासब्याक योजना र एक्सचेन्जको राम्रो सुविधा प्रदान गरिएको थियो ।
हिरो मोटोकर्प नेपालले नेपाली बजारमा गुणस्तरीय, भरपर्दो तथा इन्धन किफायती दुईपांग्रे सवारी साधन उपलब्ध गराँउदै आएको बताएको छ । नयाँ शोरुम सञ्चालनसँगै कम्पनीले ग्राहकहरुको पहुँच अझ विस्तार गर्ने विश्वास व्यक्त गरेको छ ।
केही दिन पहिले भारतमा सार्वजनिक गरिएको हिरो एक्सपल्स २०० फोरभीको -याली...
हिरो मोटोकर्पको इलेक्ट्रिक स्कुटर भिडा भी१ प्रोले २४ घण्टामा १७८०...
हाल विभिन्न अटोमोबाइल कम्पनीहरु इलेक्ट्रिक सवारी साधन निर्माण अभियानमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...