यसकारण राइडरको रोजाइमा पर्न सक्छ हिरो एक्सपल्स २०० फोरभी
हिरो एक्सपल्स एड्भेन्चर मोटरसाइकल प्रेमीमाझ एकदमै लोकप्रिय मोटरसाइकल हो...
हिरो मोटोकर्पले निकट भबिष्यमा सार्बजनिक गर्न लागेको नयाँ स्कुटर प्लेजर एक्सटेक प्लसको टिजर भिडियो सार्बजनिक गरेको छ । उक्त स्कुटर २०२२ को पहिलो त्रैमासभित्र सार्बजनिक गर्ने बुझिएको छ । यसअघिको प्लेजरलाई अपग्रेड गरी नयाँ स्कुटर ल्याउन लागिएको हो । यो स्कुटरमा एलइडी लाइट र ब्लुतुथ कनेक्टिभिटी प्रमुख बिशेषता रहने हिरोले जनाएको छ ।
सार्बजनिक गरिएको उक्त भिडियोमा नयाँ स्कुटरलाई ग्लसी पहेंलो कलरमा समेत देखाइएको छ । यो स्कुटरको ह्विल बेश १२३८ एमएम र ग्राउन्ड क्लिरियन्स १५५ एमएम रहने बताइएको छ । १०६ किलोग्राम तौल भएको यो स्कुटरमा ४.८ लिटर क्षमताको फ्युल ट्यांक दिइएको छ । ११० सिसी क्षमताको इन्जिन जडान गरिने यो स्कुटरमा फ्युल इन्जेक्सन प्रबिधी समेत थप गरिएको छ । यसको अधिकतम पावर ८ बिएपची र टर्क ८.७० एनएम रहनेछ । यो स्कुटरको मूल्य भारतीय बजारमा ६३ देखी ६८ हजार रुपैयाँको बिचमा कायम गरिने अनुमान गरिएको छ ।
भारतमा सार्बजनिक गरिए लगत्तै यो नयाँ स्कुटर नेपाली बजारमा समेत भित्रिनेछ । नेपाली स्कुटर पारखीमाझ यसअघिको प्लेजरले निकै राम्रो प्रभाव पारेका कारण नयाँ मोडल समेत लोकप्रिय बन्ने अनुमान लगाउन सकिन्छ । यद्यपी नेपालको स्कुटर बजारमा पछिल्लो समय १२५ सिसी क्षमताका स्कुटरले राम्रो प्रभाव पारेका कारण नयाँ प्लेजरको बजार कस्तो रहला भनेर यसै भन्न सकिने अबस्था भने देखिदैन ।
हिरो एक्सपल्स एड्भेन्चर मोटरसाइकल प्रेमीमाझ एकदमै लोकप्रिय मोटरसाइकल हो...
हिरो मोटोकर्पले भारतमा नयाँ २०२६ हिरो एक्स्ट्रिम १६०आर ४भी कम्ब्याट एडिसन...
हिरो मोटोकर्पले चाँडै नै आफ्नो उत्कृष्ट अफरोडिङ बाइक हिरो एक्सपल्स २००...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...