नेपाली बजारमा आयो हिरोको प्रिमियम स्कुटर प्लेजर प्लस प्लाटिनम, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – हिरोको नेपालका लागि आधिकारिक वितरक नेपाल जेनरल मार्केटिङ प्रालिले नयाँ स्कुटर प्लेजर प्लस प्लाटिनम नेपाली बजारमा बिक्रीका लागि उपलब्ध गराएको छ ।

हिरोको लोकप्रिय स्कुटर प्लेजर प्लस भन्दा पनि अझै प्रिमियम स्कुटर हो प्लेजर प्लस प्लाटिनम । यसमा धेरै कस्मेटिक अपडेट गरिएको छ । प्लाटिनममा ब्ल्याक पेन्टका साथ क्रोमको फिनिसिङ दिइएको छ ।

स्कुटरको फ्रन्ट एप्रोनको दुवै इन्डिकेटरको बीचमा क्रोमको प्रयोग गरिएको छ । यो वाहेक हेडलाइट हाउजिङ, साइड प्यानल र रियर भ्यु मिररमा पनि क्रोमको प्रयोग गरिएको छ । त्यसैगरी ब्राउन–ब्ल्याक ड्युअल टोन सिट कभरका साथ पिलियन राइडका लागि ब्याकरेस्ट पनि दिइएको छ ।

स्कुटरको दुवैतर्फ इन्जिन प्यानलमा पनि क्रोमको लाइनिङ गरिएको छ, जसले गर्दा यसको लुक निकै नै आकर्षक देखिएको छ । स्कुटरको साइलेन्सरमा पनि क्रोम मफलर उपलब्ध छ । इनर प्यानललाई ब्राउन कलरमा उपलब्ध गराइएको छ, जसले गर्दा यसको लुक प्रिमियम देखिएको छ । यसमा प्लाटिनम एडिसनको थ्रीडी लोगो पनि उपलब्ध छ ।

यो स्कुटरमा एलईडी हेडलाइट, ट्युबलेस फ्रन्ट र रियर टायर, एलईडी बुटल्याम्प, अलोय ह्विल, साइड स्ट्यान्ड इन्डिकेटर, इन्टिग्रेटेड ब्रेकिङ सिस्टम, एलईडी फ्युल इन्डिकेटर, मोबाइल चार्जर र युटिलिटी बक्स उपलब्ध छ ।

स्कुटरको पर्फमेन्स भने अन्य प्लेजर स्कुटर जस्तै छ । यसमा भएको ११० सीसीको सिंगल सिलिन्डर इन्जिनले ८ बीएचपी पावर र ८.७ एनएम टर्क जेनेरेट गर्छ ।

नेपाली बजारमा यो स्कुटरको मूल्य १ लाख ९८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...