फोटोन गाडी किन्दा स्मार्ट वाचदेखि थाइल्यान्ड र बाली भ्रमण सम्मको अवसर
काठमाडौं– फोटोनको नेपालका लागि आधिकारिक बितरक एमएडब्लू वृद्धि कमर्सियल...
काठमाडौं–फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्सले चितवन अटो शो २०२६ लाई लक्षित गरी विशेष अफर सार्बजनिक गरेको छ ।
फोटोनको स्टलमा पुगेर हाइ रूफ ईभी भ्यान र लो रुफ ईभी भ्यान तथा सोकोन ईभी भ्यान खरिद गर्दा ग्राहकले फ्यामिली रिट्रीट प्याकेज, ५५ इन्च एलईडी टिभी, नगद रेफरल बोनस तथा गिफ्ट ह्याम्पर प्राप्त गर्ने जनाइएको छ यी भ्यानको मूल्य क्रमशः ५३ लाख ४९ हजार, ४८ लाख ४९ हजार र ३९ लाख ९९ हजार रुपैयाँ पर्छ । यी सबै मोडलमा थप नगद छुट समेत पाइने कम्पनीको भनाई छ ।
बहुउपयोगी सवारी खोज्ने ग्राहकका लागि फोटोन टीएम१ मा नगद छुट र गिफ्ट ह्याम्पर उपलब्ध हुनेछ, जसको अन्तिम अफर पनि कार्यक्रममै घोषणा गरिनेछ । साथै, फोटोन पिकअपमा पहिलो वर्षका लागि शून्य प्रतिशत ब्याजदरको सुविधा प्रदान गरिनेछ, जसले व्यवसायी तथा उद्यमीहरूलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार, देशभर १७१ भन्दा बढी ईभी चार्जिङ स्टेशन र १४ भन्दा बढी आउटलेटसहितको अफ्टर–सेल्स सर्भिस नेटवर्क, जेन्युइन स्पेयर पाट्र्सको उपलब्धता तथा लचिलो फाइनान्सिङ सुविधाले ग्राहकलाई दीर्घकालीन स्वामित्वमा भरोसा दिनेछ ।
फोटोन नेपालले चितवन तथा आसपासका उद्यमी, परिवार, फ्लिट अपरेटर र कमर्शियल ग्राहकलाई स्टलमा उपस्थित भई विशेष अफरको लाभ लिन आग्रह गरेको छ । चीनको अग्रणी कमर्शियल भेहिकल ब्रान्डको प्रतिनिधित्व गर्दै फोटोन नेपालले यस वर्षको अटो शोमा भविष्य–उन्मुख मोबिलिटी समाधान प्रस्तुत गर्ने जनाएको छ ।
वैशाख १७ देखी सुरु भएको चितवन अटो शो वैशाख २१ गतेसम्म चितवन एक्सपो सेन्टरमा सञ्चालन भइरहेको छ । जहाँ फोटोनले हल नं. ०३ को स्टल नं.०३ मा आफ्ना गाडीहरु शोकेस गरेको छ ।
काठमाडौं– फोटोनको नेपालका लागि आधिकारिक बितरक एमएडब्लू वृद्धि कमर्सियल...
काठमाडौं–एमएडब्लु वृद्धिले फोटोन कमर्शियल भेहिकल्सका लागि प्रदान गरिने...
काठमाडौं – नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...