नयाँ राइडिङ मोड र एबीएससहित हिरो ग्ल्यामर एक्स १२५ लन्च
हिरो मोटोकर्पले ग्ल्यामर एक्स १२५ मोटरसाइकल भारतीय बजारमा लन्च गरेको छ।...
काठमाडौं– हिरो मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले नगद छुट र शून्य प्रतिशत डाउनपेमेन्टको सुविधा पाउने भएका छन् । नयाँ वर्ष २०८० लाई लक्षित गरी सार्वजनिक गरेको अफरमा ग्राहकले स्योर सट छुट अन्तर्गत ७ हजार रुपैयाँ र स्क्र्याच मार्फत १ लाख रुपैयाँसम्म अतिरिक्त छुट पाउन सक्ने आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले जनाएको छ ।
साथै ग्राहकले वम्परमा अर्को १ लाख रुपैयाँ उपहार समेत पाउन सक्नेछन् । फाइनान्स सुविधामा वाइक खरिद गर्न चाहने ग्राहकलाई कम्पनीले शून्य प्रतिशत डाउनपेमेन्टको सुविधा समेत उपलब्ध गराएको छ । ग्राहकले आफूसंग भएको पुरानो मोटरसाइकलसंग हिरोको व्रान्ड न्यू मोटरसाइकल तथा स्कुटर सट्टापट्टा गर्न चाहेको खण्डमा ५ मिनेटभित्रै एक्सचेन्ज सम्वन्धि काम सम्पन्न हुने कम्पनीको भनाई छ ।
हिरोको देशभर संचालनमा रहेका शोरुममा लागु हुने यो अफर वैशाख १७ गतेसम्म चल्नेछ
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...