चालक बिना चल्न सक्ने पहिलो अटोनोमस इलेक्ट्रिक स्कुटर हुनेछ ओला सोलो
ओला इलेक्ट्रिकले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘ओला सोलो’ सार्वजनिक गर्ने...
हिरो मोटोकर्पले केही महिना अघि भीडा ईभी सब–ब्रान्डको बारेमा घोषणा गरेको थियो । कम्पनीले यसलाई भारतीय बजारका साथै अन्तर्राष्ट्रिय बजारमा पनि बिक्री गर्नेछ । हिरो मोटोकर्पका ग्लोबल बिजनेस हेड सञ्जय भानका अनुसार चालु आर्थिक वर्षको अर्को त्रैमासमा कम्पनीको पहिलो इलेक्ट्रिक स्कुटर भीडा ईभी लन्च गरिने छ ।
भीडाको पहिलो इलेक्ट्रिक स्कुटर आधिकारिक रूपमा जुलाई १, २०२२ मा सार्वजनिक गरिने छ । कम्पनीले सो स्कुटर हिरो मोटोकर्पका संस्थापक स्वर्गीय बृजमोहन लाल मुञ्जालको जन्म दिनमा लन्च गर्नेछ । कम्पनीले सो इलेक्ट्रिक स्कुटर भारतको आन्ध्र प्रदेशमा नवनिर्मित प्लान्टमा उत्पादन हुने पुष्टि गरेको छ ।
नयाँ स्कुटरको कस्टमर डिस्प्याच यसै वर्षको अन्त्यबाट सुरु हुने र त्यसपछि डेलिभरी हुने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि गोगोरोसँग दीर्घकालीन साझेदारीको घोषणा गरिसकेको छ । गोगोरो एक प्रसिद्ध ताइवानी कम्पनी हो जुन ब्याट्री स्वापिङ र अन्य इलेक्ट्रिक मोबिलिटी समाधान गर्न निकै माहिर छ ।
हिरो मोटोकर्पले भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडसँग पनि भारतभर इलेक्ट्रिक सवारी साधन चार्ज गर्ने पूर्वाधार स्थापना गर्न पनि साझेदारी गरेको छ । सो ईभी चार्जिङ इन्फ्रास्ट्रक्चर इलेक्ट्रिक टु ह्विलरको चार्जिङलाई पनि समर्थन गर्नेछ ।
ओला इलेक्ट्रिकले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘ओला सोलो’ सार्वजनिक गर्ने...
पेट्रोल र डिजेलको मूल्य बढेको युगमा कारको माइलेज सबैका लागि चिन्ताको विषय...
कुनै समयमा निकै नै लोकप्रिय मोपेड काइनेटिक लुना नयाँ टेक्नोलोजी र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...