लन्च हुनु पहिले नै डिलरमा देखियो प्रोडक्सन रेडी हिरो करिज्मा एक्सएमआर २१०

प्रोडक्सन रेडी हिरो करिज्मा एक्सएमआर २१० भारतका केही डिलरहरुमा लन्च हुनु भन्दा पहिले नै देखिएको छ । डिलरहरुमा सार्वजनिक भए पश्चात इन्टरनेटमा सो मोटरसाइकलका स्पाई सट भाइरल भइरहेका छन् ।

हिरोको नयाँ मोटरसाइकल एक्सएमआर २१० लन्च हुने समाचार पहिले देखि नै सार्वजनिक भइरहेका थिए । तर अचानक यसको तस्बिर नै सार्वजनिक भएको हो ।

करिज्मा एक्सएमआर २१० ब्रान्ड न्यु र एथ्लेटिक लुकमा उपलब्ध छ । यसको डाइनामिक फेयरिङ डिजाइन, रेजर–सार्प फ्रन्ट फेसिया र टेल पार्टले यसलाई युथफुल एपियरेन्स देखाएको छ ।

यो भन्दा पहिले बजारमा उपलब्ध करिज्मा जेडएमआरको नयाँ भर्सनको रुपमा आउने बताइएको यो मोटरसाइकलले स्पोर्टी र प्राक्टिकल पक्षलाई ब्यालेन्स गरेको अनुमान गरिएको छ ।

स्पोर्ट्स टुररको अनुभूति गराउने गरी यसमा यसमा भएको टल र इलिभेटेड ह्यान्डलबारले भूमिका खेलेको छ । वास्तबमा यसले हिरोको लोकप्रिय मोटरसाइकल करिज्मा २२५ स्पोर्टबाइकलाई प्रतिस्थापन गर्ने बताइएको छ ।

यसमा भएको २१० सीसी लिक्विड–कुल्ड सिंगल सिलिन्डर इन्जिनले २५ एचपी पावर र ३० एनएम टर्क जेनेरेट गर्ने अनुमान गरिएको छ । स्पाई इमेजका अनुसार यसमा टेलिस्कोपिक फ्रन्ट फोर्क्स र मोनोसक हुनेछ । रोडका लागि डिजाइन गरिएको अलोय ह्विलले यसलाई थप आकर्षक बनाएको छ ।

यामाहा आर १५ र केटीएम आरसी २०० जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्ने हिरोको यो मोटरसाइकलको मूल्य पनि पछि नै सार्वजनिक हुनेछ । त्यसैगरी यसको औपचारिक लन्च समेत हुन बाँकी छ ।

सम्बन्धित समाचारहरू

२०२२ हिरो एक्सपल्स २००टी फोरभीको टिजर सार्वजनिक, यस्तो हुन सक्छ बाइक

२०२२ हिरो एक्सपल्स २००टी फोरभीको टिजर सार्वजनिक, यस्तो हुन सक्छ बाइक

हिरो मोटोकर्पले केही समय पछि लन्च गर्ने तयारी गरिरहेको २०२२ हिरो एक्सपल्स...

नेपालमै एसेम्बल भएका हिरोका ३ मोटरसाइकल र १ स्कुटरका साथ नेपाली बजार प्रवेश गर्दै सीजी मोटर्स

नेपालमै एसेम्बल भएका हिरोका ३ मोटरसाइकल र १ स्कुटरका साथ नेपाली बजार प्रवेश गर्दै सीजी मोटर्स

काठमाडौं – सीजी मोटर्सले नेपालमै एसेम्बल भएका ३ मोडलका मोटरसाइकल र एउटा...

हिरो माभ्रिक स्क्र्याम्बलर भर्सनमा पनि आउने, लिक भयो पेटेन्ट डिजाइन

हिरो माभ्रिक स्क्र्याम्बलर भर्सनमा पनि आउने, लिक भयो पेटेन्ट डिजाइन

हिरो मोटोकर्पले आफ्नो प्रिमिमय मोटरसाइकल माभ्रिक ४४० लाई स्क्र्याम्बलर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...