भारतमा हिरो र हार्लेद्वारा संयुक्त रुपमा विकसित यस्तो बाइक आउने

भारतमा हिरो मोटोकर्प र हार्ले डेभिडसनले संयुक्त रुपमा विकास गरेको बाइक आगामी दुई वर्षभित्र लन्च गरिने भएको छ । यसको जानकारी हिरो मोटोकर्पका सीएफओ निरञ्जन गुप्ताले दिएका हुन् ।

हिरोले आफ्नो बिक्री र नाफा बढाउन १६० सीसी वा सोभन्दा माथिका मोडल ल्याउने तयारी गरेको हो । हिरोको १०० र ११० सीसी सेगमेन्टको बाइक सबैभन्दा बढी बिक्री हुने बाइकमा पर्छ ।

हिरो मोटोकर्पले प्रिमियम उत्पादनको बलियो पाइपलाइन निर्माण गरिरहेको छ । यो सेगमेन्टमा हरेक वर्ष नयाँ मोडल ल्याउने कम्पनीले जानकारी दिएको छ । यसले प्रिमियम सेग्मेन्टमा हिरोको बजार हिस्सा बढाउनुका साथै मध्यम अवधिमा नाफा पनि बढाउनेछ ।

हिरो मोटोकर्प र हार्ले–डेभिडसनले अक्टोबर २०२० मा भारतीय बजारका लागि साझेदारीको घोषणा गरेका थिए । यो साझेदारी अन्तर्गत हिरो मोटोकर्पले हार्ले–डेभिडसन ब्रान्ड नेमका प्रिमियम बाइक बिक्री गर्नेछ । कम्पनीले हार्ले बाइकको सर्भिस र स्पेयर पार्टस्को आवश्यकताको पनि ख्याल गर्नेछ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डको बजार खोस्न बजाज र हिरोको जोड, प्रिमियम ब्रान्डसँग मिलेर नयाँ बाइक ल्याउँदै

रोयल इन्फिल्डको बजार खोस्न बजाज र हिरोको जोड, प्रिमियम ब्रान्डसँग मिलेर नयाँ बाइक ल्याउँदै

प्रिमियम लाइफस्टाइल बाइकको बजारमा एकछत्र राज गरिरहेको रोयल इन्फिल्डलाई...

कम सीसीका मोटरसाइकल स्कुटरमा बढ्यो वार्षिक कर

कम सीसीका मोटरसाइकल स्कुटरमा बढ्यो वार्षिक कर

काठमाडौं – बागमती प्रदेश सरकारले दुई पांग्रे सवारी साधनको कर बढाएको छ ।...

एक्सपल्स २०० फोरभी सहित हिरो ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज स्कुटर नेपाली बजारमा

एक्सपल्स २०० फोरभी सहित हिरो ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज स्कुटर नेपाली बजारमा

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक नेपाल जनरल मार्केटिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...