रोयल इन्फिल्ड, होन्डा र हिरो मोटरसाइकल नेपालमै एसेम्बल हुने, दर्ता भए तीन उद्योग
नेपालमै मोटरसाइकल एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा उद्योग विभागमा...
हिरो मोटोकर्पले ग्ल्यामर एक्सटेक बाइक लन्च गरेको छ । हिरो ग्ल्यामर एक्सटेक दुई विकल्प ड्रम भेरिएन्ट र डिस्क भेरिएन्टमा सार्वजनिक गरिएको छ । नयाँ ग्ल्यामर एक्सटेकको ड्रम भेरिएन्टको एक्स शोरुम मूल्य ७८ हजार ९०० र डिस्क भेरिएन्टको मूल्य ८३ हजार ५०० भारु तोकिएको छ ।
नयाँ फिचर
नयाँ ग्ल्यामर एक्सटेकमा ब्लुटुथ कनेक्टिभिटी फङ्सन, टर्न बाई टर्न नेभिगेसन सिस्टम, इन्टिग्रेटेड यूएसबी चार्जर र एलईडी हेडल्याम्प जस्ता फिचर समावेश गरिएको छ । नयाँ मोडलमा गियर पोजिसन इन्डिकेटर, इको मोड, टेकोमिटर र रियर टाइम माइलेज इन्डिकेटर समावेश गरिएको छ । सो बाइकमा साइड स्ट्यान्ड इन्जिन कट अफ र ब्याक एंगल सेन्सर जस्ता फिचर पनि रहेको छ । सो ब्याक एंगल सेन्सर खसेको स्थितिमा इन्जिन आफै बन्द हुन्छ ।
इन्जिन र पावर
हिरो ग्ल्यामर एक्सटेकमा १२५ सीसीको बीएस६ इन्जिन समावेश गरिएको छ र एक्ससेन्स प्रोग्राम्ड फ्युल इन्जेक्सन प्रविधि समावेश गरिएको छ । सो इन्जिनले ७५०० आरपीएममा १०.७ बीएचपीको पावर र ६००० आरपीएममा १०.६ एनएमको टर्क जेनेरेट गर्छ । यसमा आईथ्रीएस र अटो सेल टेक्नोलोजी जस्ता फिचर समावेश गरिएको छ ।
लुक र डिजाइन
हिरो ग्ल्यामर एक्सटेकमा एलईडी हेडल्याम्पको साथमा एच सेपको पोजिसन ल्याम्प उपलब्ध रहेको छ । सो ल्याम्पमा ३४ प्रतिशत बढी प्रकाश उपलब्ध हुन्छ । सो बाइकमा थ्रीडी ब्रान्डिङ, रिम टेप र नयाँ मेट कलरको लागि ब्लु एक्सेन्ट समावेश गरिएको छ । सो बाइकमा टेलिस्कोपिक फ्रन्ट फोर्क र प्रिलोड एडजस्टेबल रियर मोनो शक उपलब्ध रहेको छ । सो बाइकको बेस भर्सनमा ड्रम ब्रेक प्रयोग गरिएको छ । जबकि प्रिमियम मोडलको फ्रन्टमा २४० एमएमको रोटर पनि समावेश गरिएको छ ।
आरामदायक यात्रा
सो बाइकमा ५ स्टेप एड्जस्टेबल हाइड्रोलिक सक एब्जर्बर सस्पेन्शन, फ्रन्ट २४० एमएम डिस्क ब्रेक, चौडा रियर टायर र १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । जसले सो बाइकमा आरामदायक यात्रा गर्न सकिने कम्पनीले दावी गरेको छ ।
नेपालमै मोटरसाइकल एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा उद्योग विभागमा...
हिरो मोटोकर्पले अब आउने इलेक्ट्रिक स्कुटरको पहिलो झलक सार्वजनिक गरेको छ ।...
हिरो मोटोकर्पले एक्सपल्स २०० लाई अझै नयाँ भर्सनमा ल्याउँदै छ । हालै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...