यूूएसबी चार्जर र नेभिगेसन फिचर सहित आयो हिरोको नयाँ बाइक ग्ल्यामर एक्सटेक

हिरो मोटोकर्पले ग्ल्यामर एक्सटेक बाइक लन्च गरेको छ । हिरो ग्ल्यामर एक्सटेक दुई विकल्प ड्रम भेरिएन्ट र डिस्क भेरिएन्टमा सार्वजनिक गरिएको छ । नयाँ ग्ल्यामर एक्सटेकको ड्रम भेरिएन्टको एक्स शोरुम मूल्य ७८ हजार ९०० र डिस्क भेरिएन्टको मूल्य ८३ हजार ५०० भारु तोकिएको छ ।

नयाँ फिचर
नयाँ ग्ल्यामर एक्सटेकमा ब्लुटुथ कनेक्टिभिटी फङ्सन, टर्न बाई टर्न नेभिगेसन सिस्टम, इन्टिग्रेटेड यूएसबी चार्जर र एलईडी हेडल्याम्प जस्ता फिचर समावेश गरिएको छ । नयाँ मोडलमा गियर पोजिसन इन्डिकेटर, इको मोड, टेकोमिटर र रियर टाइम माइलेज इन्डिकेटर समावेश गरिएको छ । सो बाइकमा साइड स्ट्यान्ड इन्जिन कट अफ र ब्याक एंगल सेन्सर जस्ता फिचर पनि रहेको छ । सो ब्याक एंगल सेन्सर खसेको स्थितिमा इन्जिन आफै बन्द हुन्छ ।

इन्जिन र पावर
हिरो ग्ल्यामर एक्सटेकमा १२५ सीसीको बीएस६ इन्जिन समावेश गरिएको छ र एक्ससेन्स प्रोग्राम्ड फ्युल इन्जेक्सन प्रविधि समावेश गरिएको छ । सो इन्जिनले ७५०० आरपीएममा १०.७ बीएचपीको पावर र ६००० आरपीएममा १०.६ एनएमको टर्क जेनेरेट गर्छ । यसमा आईथ्रीएस र अटो सेल टेक्नोलोजी जस्ता फिचर समावेश गरिएको छ ।

लुक र डिजाइन
हिरो ग्ल्यामर एक्सटेकमा एलईडी हेडल्याम्पको साथमा एच सेपको पोजिसन ल्याम्प उपलब्ध रहेको छ । सो ल्याम्पमा ३४ प्रतिशत बढी प्रकाश उपलब्ध हुन्छ । सो बाइकमा थ्रीडी ब्रान्डिङ, रिम टेप र नयाँ मेट कलरको लागि ब्लु एक्सेन्ट समावेश गरिएको छ । सो बाइकमा टेलिस्कोपिक फ्रन्ट फोर्क र प्रिलोड एडजस्टेबल रियर मोनो शक उपलब्ध रहेको छ । सो बाइकको बेस भर्सनमा ड्रम ब्रेक प्रयोग गरिएको छ । जबकि प्रिमियम मोडलको फ्रन्टमा २४० एमएमको रोटर पनि समावेश गरिएको छ ।

आरामदायक यात्रा
सो बाइकमा ५ स्टेप एड्जस्टेबल हाइड्रोलिक सक एब्जर्बर सस्पेन्शन, फ्रन्ट २४० एमएम डिस्क ब्रेक, चौडा रियर टायर र १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । जसले सो बाइकमा आरामदायक यात्रा गर्न सकिने कम्पनीले दावी गरेको छ ।

सम्बन्धित समाचारहरू

हिरो एक्सपल्स २०० फोरभी ४ लाख ५० हजार मूल्यका साथ नेपालमा, यस्तो छ फिचर

हिरो एक्सपल्स २०० फोरभी ४ लाख ५० हजार मूल्यका साथ नेपालमा, यस्तो छ फिचर

काठमाडौं – नेपाली बजारमा हिरोको एड्भेन्चर मोटरसाइकल एक्सपल्स २०० फोरभी...

हार्ले डेभिड्सन संगको सहकार्यले हिरोलाई भयो फाइदा, माभ्रिक ४४० बेलायतमा पनि लन्च हुने

हार्ले डेभिड्सन संगको सहकार्यले हिरोलाई भयो फाइदा, माभ्रिक ४४० बेलायतमा पनि लन्च हुने

भारतको सबैभन्दा ठूलो टु–ह्विलर उत्पादक हिरोले पहिलोपटक बेलायतमा आफ्नो...

यस्तो छ नेपाली बजारमा उपलब्ध हिरो एक्सपल्स २०० फोरभी

यस्तो छ नेपाली बजारमा उपलब्ध हिरो एक्सपल्स २०० फोरभी

नेपाली बजारमा हिरो एक्सपल्स २०० फोरभी पहिलो पटक गत चैत महिनामा नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...