नयाँ इन्जिनमा आउँदै हिरो ग्ल्यामर

हीरोले आफ्नो लोकप्रिय मोटरसाइकल ग्ल्यामरलाई नयाँ इन्जिन दिएर पुनः बजारमा उतार्ने भएको छ । भारतमा बीएस६ फेज–२ कार्यन्वयनमा आएसंगै ग्ल्यामरको उत्पादन बन्द भएको थियो । केही समयका लागी उत्पादन रोकिएको सो मोटरसाइकलको डिजाइनमा हल्का परिवर्तन गरेर कम्पनीले ग्ल्यामरलाई नयाँ इन्जिनमा ल्याउन लागेको हो ।

सो मोटरसाइकलमा १२४.७ सीसी क्षमताको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन जडान हुने अनुमान गरिएको छ । ५ स्पिड गियरवक्स जडान हुने सो इन्जिनले १०.७३ वीएचपी पावर र १०.६ एनएम टर्क जेनेरेट गर्ने जनाइएको छ । नयाँ ग्ल्यामरमा नयाँ नियमअनुसार ओवीडी२ अपडेट गरिनेछ ।

सो मोटरसाइकलको अगाडी टेलिस्कोपिक फर्क र पछाडी ५ तवरबाट एड्जस्ट गर्न मिल्ने शक एब्जर्वर रहनेछ । यसको अगाडी डिस्क र पछाडी ड्रम व्रेक जगान गरिनेछ । ग्ल्यामर यसअघि भारत र नेपाल दुवै बजारमा लोकप्रिय वनेको कम्यूटर मोटरसाइकल हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...