हिरो इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा, बिक्री वितरण सुरु

काठमाडौं – भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई मोबिलिटी प्रालिले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री प्रारम्भ गरेको छ ।

काठमाडौंको टेकुमा अवस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत यी स्कुटर बिक्री वितरण भइरहेको छ । इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिकता दिने लक्ष्मी ग्रुपको सोच अनुरुप हिरो इलेक्ट्रिक स्कुटरको बिक्री बितरण प्रारम्भ गरेको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ । एक पटक फुल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरुले भारतमा अति नै राम्रो बजार लिएको र नेपालमा पनि सोही अनुरुपको बजार लिने अपेक्षा गरिएको छ । यी स्कुटरको मूल्य २ लाख १० हजार रुपैयाँ देखि प्रारम्भ हुन्छ ।

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडल उपलब्ध गराइएको र आगामी दिनमा अन्य मोडल समेत क्रमशः उपलब्ध गराउदै ल्याउने योजना रहेको जानकारी कम्पनीले गराएको छ ।

लक्ष्मी ई मोबिलिटी प्रालिले काठमाडौंको टेकुमा आङ्खनो सुविधा सम्पन्न सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीले नेपालभरका इच्छुक पक्षबाट डिलरशिपका लागि समेत आवेदन लिदैंछ ।

हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो । हिरो इलेक्ट्रिकका हजारौं सन्तुष्ट ग्राहकहरु छन् । हिरो इलेक्ट्रिकले भारतमा इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि अग्रस्थान ओगट्दै आइरहेको छ ।

लक्ष्मी ई मोबिलिटी प्रालि नेपालमा लोकप्रिय रहेको लक्ष्मी ग्रुपको भगिनी संस्था हो । लक्ष्मी ग्रुपले नेपाली बजारमा हुन्डाई, बीएमडब्ल्यु र एसएमएल इसुजु लगायतका विभिन्न ब्रान्डको समेत कारोबार गर्दै आइरहेको छ ।

सम्बन्धित समाचारहरू

फेरि बजारमा आउँदै छन् कुनै समयमा लोकप्रिय यी ३ बाइक

फेरि बजारमा आउँदै छन् कुनै समयमा लोकप्रिय यी ३ बाइक

धेरै कम्पनीहरुले कुनै समयमा चर्चित उत्पादन बन्द गर्ने गर्छन् । विश्व...

हिरो ब्रान्ड खोसिएको एनजीएमले अब जोनसेनका बाइक र स्कुटर नेपाल ल्याउने

हिरो ब्रान्ड खोसिएको एनजीएमले अब जोनसेनका बाइक र स्कुटर नेपाल ल्याउने

काठमाडौं – नेपाली बजारमा लामो समय सम्म हिरोका मोटरसाइकल तथा स्कुटर बिक्री...

हिरो मोटोकर्पले ल्यायो डेस्टिनी १२५ एक्सटेक स्कुटर

हिरो मोटोकर्पले ल्यायो डेस्टिनी १२५ एक्सटेक स्कुटर

हिरो मोटोकर्पले डेस्टिनी १२५ को नयाँ अवतार डेस्टिनी एक्सटेक १२५ सार्वजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...