बालबालिकाका लागि हिरो भिडाको डर्ट.ई के३ इलेक्ट्रिक डर्ट बाइक लन्च
हिरो मोटोकर्पले बालबालिकाका लागि विशेष रूपमा डिजाइन गरिएको इलेक्ट्रिक...
भारतीय इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी हिरो इलेक्ट्रिकले स्टाइलिस डिजाइनको स्कुटर ‘हिरो एड्डी’ लन्च गरेको छ । यसको मूल्य ७२ हजार भारु तोकिएको छ ।
सहरी क्षेत्रमा छोटो दूरीका लागि उपयुक्त बताइएको यो इलेक्ट्रिक स्कुटर स्टाइलिस मात्र छैन, सहज तरिकाले ह्यान्डलिङ गर्न सकिने र प्राविधिक दृष्टिकोणले उत्तम समेत छ ।
हिरो एड्डीमा भएका विभिन्न फिचरहरुको लामै सूची छ । यसमा ई–लक, फाइन्ड माई बाइक, रिभर्स मोड, ठूलो बुट स्पेस र फलो मी हेडल्याम्प जस्ता आकर्षक फिचर छन् । लाइट ब्लु र एल्लो गरी दुई कलर अप्सनमा उपलब्ध हुने यो इलेक्ट्रिक स्कुटर फ्युचरिस्टिक र स्टाइलिस सोलुसन भएको हिरोको दाबी छ ।
हिरो इलेक्ट्रिकको एड्डी स्कुटरको टप स्पिड २५ किलोमिटर प्रतिघण्टा बताइएको छ भने सिंगल चार्जमा यसले ८५ किलोमिटरको रेन्ज दिन्छ । यसलाई २५० वाट बीएलडीसी मोटरले पावर दिन्छ भने ३० एएचको ब्याट्री छ, जसलाई ४ देखि ५ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
नेपालमा यही माघ महिनादेखि लक्ष्मी ई मोबिलिटी प्रालिले हिरो इलेक्ट्रिक स्कुटर बिक्री–वितरण प्रारम्भ गरेको छ । नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् ।यसका आधारमा आगामी दिनमा हिरो एड्डी इलेक्ट्रिक स्कुटर समेत नेपाली बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
हिरो मोटोकर्पले बालबालिकाका लागि विशेष रूपमा डिजाइन गरिएको इलेक्ट्रिक...
हिरोको नयाँ मोटरसाइकल एक्सट्रिम १२५ आर आधिकारिक डेब्यू अघि अनलाइन लीक...
हिरो मोटरकर्पले माभरिक र एक्सट्रिम १२५आर पछि अब नयाँ बाइक सीई००१ समेत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...