यस्तो छ हिरोले सार्वजनिक गरेको पावरफुल इन्जिन सहितको दमदार बाइक
हिरो मोटोकर्पले भारतमा एक्सट्रिम २००एस फोर भल्व भेरिएन्ट लन्च गरेको छ । सो...
भारतीय इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी हिरो इलेक्ट्रिकले स्टाइलिस डिजाइनको स्कुटर ‘हिरो एड्डी’ लन्च गरेको छ । यसको मूल्य ७२ हजार भारु तोकिएको छ ।
सहरी क्षेत्रमा छोटो दूरीका लागि उपयुक्त बताइएको यो इलेक्ट्रिक स्कुटर स्टाइलिस मात्र छैन, सहज तरिकाले ह्यान्डलिङ गर्न सकिने र प्राविधिक दृष्टिकोणले उत्तम समेत छ ।
हिरो एड्डीमा भएका विभिन्न फिचरहरुको लामै सूची छ । यसमा ई–लक, फाइन्ड माई बाइक, रिभर्स मोड, ठूलो बुट स्पेस र फलो मी हेडल्याम्प जस्ता आकर्षक फिचर छन् । लाइट ब्लु र एल्लो गरी दुई कलर अप्सनमा उपलब्ध हुने यो इलेक्ट्रिक स्कुटर फ्युचरिस्टिक र स्टाइलिस सोलुसन भएको हिरोको दाबी छ ।
हिरो इलेक्ट्रिकको एड्डी स्कुटरको टप स्पिड २५ किलोमिटर प्रतिघण्टा बताइएको छ भने सिंगल चार्जमा यसले ८५ किलोमिटरको रेन्ज दिन्छ । यसलाई २५० वाट बीएलडीसी मोटरले पावर दिन्छ भने ३० एएचको ब्याट्री छ, जसलाई ४ देखि ५ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
नेपालमा यही माघ महिनादेखि लक्ष्मी ई मोबिलिटी प्रालिले हिरो इलेक्ट्रिक स्कुटर बिक्री–वितरण प्रारम्भ गरेको छ । नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् ।यसका आधारमा आगामी दिनमा हिरो एड्डी इलेक्ट्रिक स्कुटर समेत नेपाली बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
हिरो मोटोकर्पले भारतमा एक्सट्रिम २००एस फोर भल्व भेरिएन्ट लन्च गरेको छ । सो...
दुई पाङ्ग्रे सवारी साधनमा अफ–रोड बाइकको क्रेज बढ्न थालेको छ । हिरो...
हिरो मोटोकर्पले जुम स्कुटर लन्च गरेको छ । सो स्कुटरमा कर्नरिङ लाइट जडान...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...