सीजी मोटर्समार्फत हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ भित्रियो नेपाल, यी हुन् नयाँ मोडल
काठमाडौँ– हिरो मोटोकर्पको विद्युतीय ब्राण्ड ‘भिडा’ (VIDA) नेपाली बजारमा...
हिरो मोटोकर्पले आफ्नो कम्यूटर वाइक प्यासन प्रोको उत्पादन वन्द गरेको छ । कम्पनीले आफ्नो वेभ साइटबाट सो वाइकको नाम हटाएसंगै उत्पादन बन्द भएको निश्चित भएको हो । प्यासन नाममा प्रो, प्लस र एक्सटेक भेरिएन्ट उत्पादन गर्दै आएको हिरोले वाँकी दुई भेरिएन्टको उत्पादनलाई भने रिन्तरता दिने जनाएको छ ।
११३ सिसी क्षमताको इन्जिन जडित प्यासन प्रो ड्रम र डिस्क भेरिएन्टमा उपलब्ध रहँदै आएको थियो । सो मोटरसाइकलको पावर ९.०२ वीएचपी र टर्क ९.८९ एनएम रहेको छ । यसको प्रिमियम भर्सन एक्सटेक आएपछि प्रोलाई बजार लिन निकै कठिन भइरहेको थियो ।
जसका कारण हिरोल सो पुरानो मोडललाई बन्द गर्ने निर्णय लिएको अनुमान गरिएको छ । यसैगरी प्यासन प्लसलाई कम्पनीले ९७ सिसीमा उतारे इन्ट्रि लेभलमा राम्रो उपस्थिती जनाउँदै आएको छ ।
प्यासन प्रो नेपाली बजारमा समेत बिक्री हुँदै आएपनि पछि बजारमा यसको माग कम भएपछि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले यसलाई आयत गर्न छाडेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...