९ प्रतिशत व्याजदरमा हिरो मोटरसाइकल तथा स्कुटर

हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले नयाँ स्किम ल्याएको छ । ‘सजिलै हिरो’ ट्यागलाइन सहित आएको यो अफर अन्तर्गत ग्राहकले फाइनान्स सुविधामा बाइक खरिद गर्दा ९ प्रतिशत व्याजदर तिरे पुग्नेछ ।

यो नयाँ अफरमा ग्राहकले ४० प्रतिशत डाउनपमेन्ट भुक्तानी गरेर नयाँ वाइक खरिद गर्दा वाँकी ६० प्रतिशतलाई फाइनान्स सुविधाका रुपमा उपभोग गर्न पाउनेछन् । उक्त रकमलाई शुरुमा १३ प्रतिशत व्याजदरका दरले मासिक किस्ता तिर्दै जाँदा समयमै भुक्तानी गर्ने ग्राहकले पछि व्याजवापत भुक्तानी गरेको कुल रकमको ४ प्रतिशत रकम फिर्ता पाउने भएका हुन् ।

यसरी अन्तिममा ४ प्रतिशत व्याज फिर्ता पाउँदा ग्राहकले जम्मा ९ प्रतिशत व्याजरमा फाइनान्स सुविधा पाउने देखिएको हो । यसका लागी कम्पनीले आफ्नै वित्तिय संस्थाबाट फाइनान्सको सहजिकरण गरिदिनेछ । सवारीसाधन खरिदमा वैंक तथा वित्तिय संस्थाहरुले अटो लोन दिन कडाई गरिरहेको समयमा आएको यो स्किमले हिरो व्रान्डका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई लाभ पुग्ने देखिन्छ ।

हिरोसंंग अहिले बजारमा एक्सपल्स, एक्सिट्रम स्पोर्टस, एक्सट्रिम २०० आर, एक्सटिङम १६० आर, एचिभर, हंक, ग्ल्यामर, एचएफ डिलक्स, स्प्लेन्डर आई स्मार्ट र सुपर स्प्लेन्डर लगायत मोडलका मोटरसाइकल उपलब्ध छन भने स्कुटरमा डुएट, माइस्ट्रो एज, प्लेजर, प्लेजर प्लस र डेस्टिनी मोडलका स्कुटर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

के हिरोले ल्याउँदै छ भिभो इलेक्ट्रिक स्कुटर

के हिरोले ल्याउँदै छ भिभो इलेक्ट्रिक स्कुटर

हाल विभिन्न अटोमोबाइल कम्पनीहरु इलेक्ट्रिक सवारी साधन निर्माण अभियानमा...

माइलेजको हिरो : जसको माइलेज ८० किमी सम्म छ

माइलेजको हिरो : जसको माइलेज ८० किमी सम्म छ

स्टाइलिश र शानदार माइलेज भएको हिरो एचएफ डिलक्स बाइकलाई ‘माइलेजको हिरो’...

पर्फमेन्स सेग्मेन्टमा प्रिमियम बिद्युतिय मोटरसाइकल ल्याउँदै हिरो

पर्फमेन्स सेग्मेन्टमा प्रिमियम बिद्युतिय मोटरसाइकल ल्याउँदै हिरो

विश्वको सबैभन्दा ठूलो दुई पाङ्ग्रे ब्रान्ड हिरोले नयाँ मिड साइज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...