हिरो, टीभीएस र बजाजको जोड अब इलेक्ट्रिक स्कुटरमा पनि

अहिले विश्व अटो बजार नै इलेक्ट्रिकमय बनिरहेको छ । यस्तो अवस्थामा भारतीय अटो मेकरहरुसमेत इलेक्ट्रिक भेइकल उत्पादनमा आक्रामक बनिरहेका छन् । भारतका अधिकांश फोर ह्विलर उत्पादकहरुले धमाधम ईभी उत्पादन थालिरहेको अवस्थामा टु ह्विलर कम्पनीहरुले समेत यसमा जोडबल लगाउन थालेका हुन् ।

हाल हिरो, टीभीएस र बजाजले इलेक्ट्रिक स्कुटर उत्पादन गरी बिक्री समेत थालिसकेका छन् । यी कम्पनी बाहेक केही स्टार्टअप कम्पनीहरु इलेक्ट्रिक टु ह्विलरमा महत्वकांक्षी योजना सहित लागिपरेका छन् । हाल भारतमा ओला र सिम्पलले इलेक्ट्रिक टु ह्विलर उत्पादनमा विश्वकै ठूलो उत्पादक बन्ने योजनासहित अघि बढिरहेका छन् । यस्तोमा बजाज, हिरो, टीभीएस र होन्डा जस्ता स्थापित कम्पनीले समेत यो सेग्मेन्टमा आफूहरु चुप लागेर नबस्ने संकेत देखाएका हुन् ।

भारतको सबैभन्दा ठूलो टु ह्विलर कम्पनी हिरोले हाल ६ वटा मोडलका इलेक्ट्रिक स्कुटर उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेको छ । हिरोका यी स्कुटरले बजारमा चर्चा समेत बटुल्दै गएको छ । इलेक्ट्रिक स्कुटरमा हालसम्म पनि हिरो अग्रस्थानमा रहन सफल छ । हिरोका फ्ल्यास, अप्टिमा, फोटोन, एनवाईएक्स र ड्यास स्कुटरको कारोबार हुँदै आइरहेको छ । यी स्कुटरको मूल्य भारतीय बजारमा ४६ हजार देखि ७० हजार भारुसम्म पर्छ ।

हिरोपछि बजाजले चेताक ब्रान्डमा इलेक्ट्रिक टु ह्विलरको उत्पादन थालिसकेको छ । चेताकको अर्बान र प्रिमियम गरी २ भेरिएन्टमा यो स्कुटर उपलब्ध रहँदै आएको छ । जसमध्ये अर्बानको मूल्य १ लाख ४२ हजार र प्रिमियमको १ लाख ४४ हजार भारु निर्धारण गरिएको छ । चेतक ब्रान्डमा थप मोडलका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल उत्पादन गर्दै जाने बजाजले योजना बनाएको छ ।

त्यसैगरी टीभीएसले समेत स्मार्ट फिचर्स थप गरी आईक्युब नामको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आइरहेको छ । यो स्कुटरको मूल्य भारतीय बजारमा १ लाख १० हजार भारु निर्धारण गरिएको छ । आगामी दिनमा थप मोडल उपलब्ध गराउँदै जाने योजना समेत टीभीएसले बनाएको छ ।

सम्बन्धित समाचारहरू

३५ वर्षको विश्वव्यापी सफलता र १ करोडभन्दा बढी सवारी बिक्री गरेको जीडब्लुएमको नयाँ ईभी भित्रिदै नेपाल

३५ वर्षको विश्वव्यापी सफलता र १ करोडभन्दा बढी सवारी बिक्री गरेको जीडब्लुएमको नयाँ ईभी भित्रिदै नेपाल

जीडब्लुएम अर्थात ग्रेट वाल मोटरले आफ्नो स्थापनाको ३५औं वर्षगाँठको अवसरमा...

३०० किमी रेन्ज दिने ग्यारोको नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, मूल्य कति ?

३०० किमी रेन्ज दिने ग्यारोको नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं – ग्यारो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

बिजुली गाडी किन्नु अगाडि के के अध्ययन गर्नुपर्छ ? एक व्यवसायी र विज्ञको अनुभव चर्चा

बिजुली गाडी किन्नु अगाडि के के अध्ययन गर्नुपर्छ ? एक व्यवसायी र विज्ञको अनुभव चर्चा

काठमाडौंको चिसो मौसममा, साँझको खाना खाएर सोफामा बस्दै गर्दा भर्खरै ७९ पुरा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...