हाल उपलब्ध जति पनि नयाँ कारहरु छन् वा लन्च हुन लागेका छन् ती सबैमा नयाँ नयाँ फिचर समावेश गरिएको हुन्छ । नयाँ कारहरुमा हेडल्याम्प वासर जडान गरिएको हुन्छ । कारहरुमा यो नयाँ फिचरको रुपमा अगाडि आएको छ ।
कारमा हेडल्याम्प वासर फिचर पहिलो पटक कसले उपयोग गरेको हो त्यसको कुनै जानकारी छैन । सो फिचर भल्भोले निकै लोकप्रिय बनाएको थियो । सन् २००० मा भल्भोले कारमा स्ट्यान्डर्ड रुपले हेडलाइट वासर वा वाइपर समावेश गरेको थियो । हाल कम्पनीले वाइपर बन्द गरेको छ तर हेडलाइट वासर समावेश गरेको छ ।
वाइपर हेडलाइटको स्क्रिन सफा गर्न मात्र उपयोग हुन्छ, तर वासरले स्क्रिनको फोहोरलाई पनि पुर्ण रुपमा सफा गर्न मदत गर्छ ।
हेडलाइट वासर कारको स्क्रिन सफा गर्नको लागि मात्र उपयोग गरिदैन । सो फिचर विशेषतः लामो दुरीको यात्राको क्रममा निकै उपयोगी हुन्छ । रातको समयमा ड्राइभ गर्दा सडकमा उडेको धुलोलाई सफा गर्न सकिन्छ । पुरानो कारमा हेडलाइट वाइपरको लागि अलग मोटर समावेश गरिएको हुन्छ । जसले वाइपरको मुभमेन्टलाई कन्ट्रोल गर्ने काम गर्छ ।
हेडलाइट वा विन्डो वासरको लागि एउटै पानी ट्यांकीको प्रयोग गरिन्छ, तर लिक्विड डेलिभर गर्नको लागि फरक पम्पको प्रयोग गरिन्छ । स्टेयरिङ ह्विल साइडमा टोगल स्विच समावेश गरिएको हुन्छ । जसले हेडलाइटलाई सफा गर्ने काम गर्छ । ठूलो एसयूभी र एड्भेन्चर टे«ल्सको लागि यो फिचर निकै आवश्यक छ ।