स्टक क्लियरेन्स अफर : हार्टफोर्ड भीआर १५० एच अब ३ लाख ६० हजारमा, १ लाख ३० हजार छुट

काठमाडौं – हार्टफोर्ड बाइकको नेपालका लागि आधिकारिक वितरक इग्निसन अटोले स्टक क्लियरेन्स अफर ल्याएको छ । यस अनुसार धेरैले रुचाउने गरेको मोटरसाइकल हार्टफोर्ड भीआर १५० एचको मूल्य ३ लाख ६० हजार रुपैयाँ मात्र तोकिएको छ ।

यो भन्दा पहिले यसको मूल्य ४ लाख ९० हजार रुपैयाँ थियो । सीमित समयको लागि स्टक रहुन्जेल सम्मका लागि यो मूल्य कायम गरिएको कम्पनीको भनाइ छ । यसका साथमा १० वटा सर्भिसिङ फ्रि, १ वर्षको वारेन्टी लगायतका अन्य सुविधा समेत उपलब्ध हुनेछ ।

अब नेपाली बजारमा नयाँ मोडलको भीआर १५० एच आउने भएको र यसका लागि नै यति धेरै छुटमा हाल उपलब्ध मोडलमा छुट उपलब्ध गराएको कम्पनीको भनाइ छ । अब आउने २०२६ को मोडलको मूल्य ५ लाख २० हजार रुपैयाँ हुने बताइएको छ ।

हार्टफोर्ड भीआर १५० एचमा १४९ सीसीको इन्जिन छ, जसमा ५ स्पिड गियरबक्स उपलब्ध छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः २१९० एमएम, ८८० एमएम र १२४० एमएम छ । त्यसैगरी ह्विलबेस १३७५ एमएम छ । १२३ किलोग्राम तौल भएको सो बाइकको अघिल्लो भागमा डबल पेरिस्कोप र पछिल्लो भागमा मोनोसक सस्पेन्सन छ । त्यसैगरी दुवै पांग्रामा डिस्क ब्रेक छ ।

यो बाइकमा क्लासिक र पावरफुल हेडलाइट उपलब्ध छ । ठूलो र फराकिलो टायर छ । त्यसैगरी डिजिटल मिटर र अपसाइड डाउन फोर्क छ ।

सन् २००० देखि नेपाली बजारमा उपलब्ध भीआर बाइक लोकप्रिय डर्ट बाइक हो ।

सम्बन्धित समाचारहरू

वर्षामा कार र बाइकको टायर किन चिप्लिन्छ ?

वर्षामा कार र बाइकको टायर किन चिप्लिन्छ ?

वर्षायाम चलिरहेको छ । यो मौसममा सवारी साधन चिप्लिएर दुर्घटना हुने खतरा बढि...

तिहारमा सिएफमोटो एनके ३०० किन्नेलाई ५० हजार बरावरको थप सुबिधा, नयाँ मूल्य कति ?

तिहारमा सिएफमोटो एनके ३०० किन्नेलाई ५० हजार बरावरको थप सुबिधा, नयाँ मूल्य कति ?

काठमाडौं–प्रिमियम मोटरसाइकल ब्रान्ड सिएफमोटोले तिहार तथा छठ पर्बलाई...

सेन्सेइ ब्रान्डकाे नयाँ वर्ष योजना सुरु, बाइक जित्ने अवसर

सेन्सेइ ब्रान्डकाे नयाँ वर्ष योजना सुरु, बाइक जित्ने अवसर

काठमाडौं – सिजी इलेकट्रोनिक्सअन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष-२०८२...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...