हार्टफोर्डको वेबिनार सम्पन्न : सहभागीहरुले पाए घरैमा बाइक सर्भिसिङ गर्ने टिप्स

काठमाडौं – लामो निषेधाज्ञा वा लकडाउनको समयमा धेरै बाइकहरु घरैमा थन्किएका छन् । यो अवस्थामा सामान्य ग्राहकले पनि घरैमा बसेर आफ्नो बाइक वा स्कुटर जस्ता टु ह्विलर सर्भिसिङ वा मर्मत गर्न सकिन्छ ।

तर यसका लागि सर्भिसिङ वा मर्मतका वारेमा सामान्य जानकारी हुनु आवश्यक छ । यही कुरालाई मनन गरी हार्टफोर्ड बाइकको नेपालका लागि आधिकारिक वितरक इग्निसन अटोले हिजो जुममार्फत वेबिनार सम्पन्न गरेको छ ।

सो अवसरमा हार्टफोर्ड ताइवानबाट प्रशिक्षित विशेषज्ञहरुले आवश्यक जानकारी दिनुका साथै सहभागीहरुका विभिन्न जिज्ञासाहरुको समाधान गरेका थिए ।

करिव ७५ जनाको सहभागिता रहेको सो वेबिनारमा हार्टफोर्ड मोटर्स ताइवानको ग्लोबल मार्केटिङ डिपार्टमेन्टका एनिक्स चाङले सबैलाई सहभागिताको लागि धन्यवाद ज्ञापन गरेका थिए ।

हार्टफोर्ड नेपालका सर्भिस म्यानेजर इन्जिनियर मनिष अर्यालले बाइक मर्मतका लागि आवश्यक पक्षहरु र मर्मत गर्ने तरिका वारेमा प्रस्तुतिकरण गरेका थिए । उनले ब्याट्री, इन्धन, फ्युज, स्पार्क प्लग आदिका कारण बाइक स्टार्ट नहुने समस्या र यसको समाधानका लागि गर्नु पर्ने आवश्यक कार्य वारेमा जानकारी प्रस्तुत गरे ।

त्यसैगरी घरैमा आफैले गर्न सकिने आधारभूत सर्भिसिङ र यसको लागि जान्नु पर्ने इन्जिन आयलको प्रकार र ग्रेडको वारेमा जानकारी प्रदान गरे । त्यसैगरी चेन स्पोकेटको वारेमा जान्नु पर्ने कुराहरु र वासिङ गर्दा अपनाउनु पर्ने सावधानी वारेमा समेत जानकारी प्रदान गरे ।

अर्यालले कार्बुरेटरमा हुने समस्या, टायरको वारेमा थाहा पाउनु पर्ने आधारभूत पक्षहरु र अन्य विभिन्न पक्षको वारेमा समेत जानकारी प्रदान गरे ।

वेबिनारमा सहभागीहरुले हार्टफोर्ड र अन्य ब्रान्ड समेतका बाइकको मर्मतका वारेमा सोधेका विभिन्न प्रश्नहरुको उत्तर अर्यालका साथै हेड टेक्निसियन श्रीराम महर्जन र टेक्निसियन राजेन्द्र महर्जनले दिएका थिए ।

हार्टफोर्ड नेपालका सेल्स म्यानेजर समिर महर्जन मोडरेटर रहेको सो वेबिनार निकै नै प्रभावकारी भएको सहभागीहरुले बताएका थिए । आगामी दिनमा समेत यस्तै कार्यक्रमको आयोजना गर्दै जाने कम्पनीको भनाइ छ ।

हार्टफोर्ड ताइवानी कम्पनी हो । हाल नेपाली बजारमा भीआर १५० एच र २२३ एच गरी दुई मोडलका हार्टफोर्ड बाइक इग्निसन अटोले उपलब्ध गराइरहेको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड हन्टर ३५० लन्च, यस्तो छ नयाँ बाइक

रोयल इन्फिल्ड हन्टर ३५० लन्च, यस्तो छ नयाँ बाइक

रोयल इन्फिल्ड हन्टर ३५० भारतमा लन्च गरिएको छ । सो बाइक रेट्रो र मेट्रो गरी २...

फेरि परीक्षणमा देखियो रोयल इन्फिल्ड हिमालयन ४५०, लन्चको प्रतीक्षा

फेरि परीक्षणमा देखियो रोयल इन्फिल्ड हिमालयन ४५०, लन्चको प्रतीक्षा

रोयल इन्फिल्डले एड्भेन्चर बाइक हिमालयन थप पावरफुल भर्सनमा लन्च गर्ने...

रोयल इन्फिल्ड मेटियर बैशाखमै नेपालमा लन्च हुने सम्भावना, यस्तो छ फिचर

रोयल इन्फिल्ड मेटियर बैशाखमै नेपालमा लन्च हुने सम्भावना, यस्तो छ फिचर

काठमाडौं – भारतमा केही अघि लन्च भएको र इन्डियन मोटरसाइकल अफ द इयर २०२१...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...