भारी मात्रामा मूल्य कटौतीका साथ हार्लेको इलेक्ट्रिक बाइक लाइभवायर वान सार्वजनिक

क्रुजर बाइक निर्माण गर्न चर्चित अमेरिकन अटोमोबाइल कम्पनी हार्ले डेभिडसनले लाइभवायर वान इलेक्ट्रिक बाइक लन्च गरेको छ । कम्पनीले यो भन्दा पहिले अल इलेक्ट्रिक बाइक लाइभवायर लन्च गरेको थियो । कम्पनीले सबै इलेक्ट्रिक बाइक अब लाइभवायर ब्रान्डमा लन्च गर्नेछ ।

अर्को महत्वपूर्ण परिवर्तन यसको मूल्यमा गरिएको छ । लाइभवायर वानको मूल्य २९ हजार ७९९ डलर राखिएको छ । जबकि यो भन्दा पहिले लाइभवायरको मूल्य २९ हजार ७९९ डलर राखिएको थियो । भारी मात्रमा गरिएको मूल्य कटौतीबाट हार्लेले इलेक्ट्रिक बाइक सेगमेन्टमा लिड गर्ने संकेत दिएको छ ।

व्याट्री र रेन्ज
हार्ले डेभिडसनका अनुसार नयाँ लाइभवायर वानले सिटी ट्राफिकमा २३५ किलोमिटरको रेन्ज दिने दावी गरिएको छ । सो बाइकमा पहिलाको लाइभवायर कै टेक्नोलोजी प्रयोग गरिएको छ । अनुमानित रिपोर्ट अनुसार सो बाइक फुल चार्जमा ११२ किलोमिटर प्रति घन्टामा ८० किलोमिटर प्रति घन्टाको रेन्ज दिनेछ । यसमा १५.५ केडब्ल्युएचको व्याट्री समावेश गरिएको छ ।

कम्पनीले बाइकमा डिसी फास्ट चार्जिङको सुविधा पनि प्रदान गरेको छ । डिसी फास्ट चार्जरबाट सो व्याट्री ६० मिनेटमा ० देखि १०० प्रतिशत र ४५ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

मोटर र टप स्पिड
नयाँ लाइभवायर वान बाइकको स्टाइल र स्पेसिफिकेस पुरानो मोडलको जस्तो हुनेछ । नयाँ बाइकमा नयाँ कलरको विकल्प दिइएको छ । सो बाइकमा ७८ केडब्ल्युको मोटर जडान गरिएको छ । जसले १०५ एचपीको पावर जेनेरेट गर्छ । सो बाइकको टप स्पिड १७७ किलोमिटर प्रति घन्टा रहेको छ । सो बाइक ३ सेकेन्डमा ० देखि ९६ किलोमिटर प्रति घन्टाको स्पिड लिने क्षमता रहेको छ ।

सम्बन्धित समाचारहरू

नयाँ भर्सनको इलेक्ट्रिक सोलार कार डेरी ईएम७ सोरुममा, सिंगल चार्जमा २६० किमी रेन्ज

नयाँ भर्सनको इलेक्ट्रिक सोलार कार डेरी ईएम७ सोरुममा, सिंगल चार्जमा २६० किमी रेन्ज

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने भनिएको डेरी ब्रान्डको इलेक्ट्रिक...

आइमा टाइगर एक्स६११ : ३ लाख मूल्यमै आकर्षक र शक्तिशाली इलेक्ट्रिक स्कुटर

आइमा टाइगर एक्स६११ : ३ लाख मूल्यमै आकर्षक र शक्तिशाली इलेक्ट्रिक स्कुटर

नेपाली बजारमा उपलब्ध आइमाका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर मध्ये आइमा...

विद्युतीय कारमा ब्याजदर कम र कर्जा रकम पनि बढी, यस्तो छ बैंकको नयाँ ब्याजदर

विद्युतीय कारमा ब्याजदर कम र कर्जा रकम पनि बढी, यस्तो छ बैंकको नयाँ ब्याजदर

विद्युतीय सवारी किन्नका लागि विभिन्न बैंकहरुले दिने अटो कर्जाको ब्याजदर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...