गैह्रिधाराबाट हटाइयो नेपालकै सर्बाधिक महंगो र भव्य हार्लेको शोरुम

काठमाडौं – विश्वकै महंगो र प्रिमियम ब्रान्डको छबी बनाएको हार्ले डेभिड्सनको शोरुम गैह्रिधाराबाट हटाइ्एको छ । ६ करोड हाराहारीमा लगानी गरी निर्माण गरिएको उक्त शोरुम नेपालकै सबैभन्दा महंगो र भव्य मानिन्थ्यो ।

शोरुम २ बर्षसम्म सञ्चालनमा भएको थियो । भारतीय बजारमा हार्ले डेभिड्सनको उत्पादन बन्द भएपछि बजार भबिष्य नदेखेको बताउँदै खर्च कटौती गर्न उक्त शोरुम हटाइएको हो ।

उक्त शोरुम परिसरबाट कम्पनीले हार्ले बाइक बिक्री गर्नु साथै वर्कशप समेत सञ्चालन गर्दै आइरहेको थियो । साथमा हार्लेका मर्चेन्डाइज प्रोडक्टहरु समेत बिक्री गरिरहेको थियो ।

नयाँ शोरुम बालाजु औद्योगिक क्षेत्रसँगै रहेको अशोक लेल्यान्ड परिसरमा सार्न लागिएको बताइएको छ । ग्राहकको माग बमोजिम तेस्रो मुलुकबाट बाइक आयात गरी बिक्री गरिने कम्पनी स्रोतले बताएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...