हरिबंश किन गएनन् ६ महिना सम्म पेट्रोल पम्प ? पम्प धनीले किन हेर्छन् छड्के आँखाले उनलाई ?

कलाकार हरिबंश आचार्य आफैमा रमाइला छन् । यो सबैलाई थाहा भएकै कुरा हो । केही दिन अघि उनले यस्तै रमाइला कुरा गरे ।

उनी पेट्रोल पम्प नगएको ६ महिना भयो रे । उनलाई देख्दा पम्प धनीले अहिले छड्के आँखाले हेर्छन् रे । उनले भने, ‘म अहिले पेट्रोल पम्प नगएको ६ महिना बढी भयो । पम्प वालाले अहिले मलाई देख्दा पनि आँखा तरेर हेर्छन् । यो आउन छाड्यो भनेर ।’

सन्दर्भ थियो इलेक्ट्रिक सवारी ब्रान्ड बीवाईडीको शोरुम उदघाटन समारोहको । गत बुधबार भक्तपुरको सल्लाघारीमा बीवाईडीको नयाँ शोरुमको शुभारम्भ भयो । सो अवसरमा कलाकार हरिबंश आचार्य समेत उपस्थित थिए । उनले आफ्नो मन्तव्य राख्ने क्रममा यो कुरा बताएका हुन् ।

त्यसो त कलाकार आचार्य बीवाईडीको नेपालका लागि ब्रान्ड एम्बेसडर समेत हुन् । उनले सोही हैसियतमा त्यहाँ बीवाईडी र इलेक्ट्रिक सवारी साधनको महत्व वारेमा पनि बताएका थिए ।

उनले भने, ‘नेपालमा पेट्रोल छ, तर कहाँ छ थाहा छैन । निकाल्न सकिने वारेमा पनि थाहा छैन । तर बिजुली छ । त्यसैले बिजुलीबाट चल्ने गाडी चढ्दा फाइदा हुन्छ । नेपालकै उत्पादन प्रयोग गर्न सकिन्छ । मैले पनि बिजुली गाडी चढे पछि रमाइलो अनुभव गरेको छु ।’

कलाकार आचार्यले हाल बीवाईडी एट्टो ३ इलेक्ट्रिक गाडी प्रयोग गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

नेपालगन्ज पुग्यो भूभागको विषमता र उत्सर्जनको समस्यालाई जित्ने फोटोनको माउन्टेन ईभी भ्यान

नेपालगन्ज पुग्यो भूभागको विषमता र उत्सर्जनको समस्यालाई जित्ने फोटोनको माउन्टेन ईभी भ्यान

नेपालगन्ज- गत पुस १४ मा फोटोन नेपालले नेपालगन्जको सिद्धार्थ कटेज...

ड्राइभिङ द फ्युचर : एक महिनामै नेपालको सडकमा गुड्न थाले ३०० नामी कार

ड्राइभिङ द फ्युचर : एक महिनामै नेपालको सडकमा गुड्न थाले ३०० नामी कार

नेपाली बजारमा डेलिभरी शुरु गरिए पश्चात करिव एक महिनाकै समयमा ३०० डोङफेङ...

स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत

स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...