एमजी विन्डसर ईभी ७५ हजार युनिट बिक्री पार गर्दै भारतको लोकप्रिय इलेक्ट्रिक कार बन्न सफल
जेएसडब्लू एमजी मोटर इन्डियाले आफ्नो लोकप्रिय इलेक्ट्रिक कार एमजी विन्डसर...
चर्चित कलाकार हरिबंश आचार्यले बीवाईडी एट्टो ३ इलेक्ट्रिक कार किनेका छन् । एक कार्यक्रमका बीच बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले कलाकार आचार्यलाई उक्त कार हस्तान्तरण गरिन् ।
कलाकार आचार्यले आफ्नो फेसबुक पेजमार्फत ‘आजबाट म पनि देशमै उत्पादित बिजुलीबाट चल्ने बीवाईडीको बिजुली गाडीमा’ भन्ने स्टाटस सहितको तस्बिर पोस्ट गरेका छन् ।
कलाकार आचार्य बीवाईडीको ब्रान्ड एम्बेसडर समेत हुन् । गत जेठ महिनामा उनलाई एक कार्यक्रमका बीच ब्रान्ड एम्बेसडर घोषित गरिएको थियो ।
गत असोज अन्तिम सातामा बीवाईडी एट्टो ३ नेपालमा सार्वजनिक गरिएको थियो । सो अवसरमा कलाकार आचार्यले नेपालमा इलेक्ट्रिक सवारी साधनको प्रयोग आगामी दिनमा बढ्दै जाने र यसमा पनि बीवाईडी एट्टो ३ आफूलाई मन परेको बताएका थिए ।
सो गाडी कलाकार आचार्यले अन्य सामान्य ग्राहक सरह नै किनेको साइमेक्स इंककी प्रबन्ध निर्देशक श्रेष्ठले बताइन् ।
सो कारको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यसमा ६०.४ किलोवाट क्षमताको ठूलो ब्लेड व्याट्री जडान गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिने यस कारले ४२० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...