होन्डा मोटरसाइकल र स्कुटर किन्दा ४ ग्राहकले जिते जनही १ लाख नगद

काठमाडौं – नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले उपलब्ध गराइरहेको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ अन्तर्गत चार भाग्यशाली ग्राहकहरू प्रत्येकले १ लाख नगद पुरस्कार जितेको बताएको छ । दशैं, तिहार र छठपर्वको रौनक मनाउन सुरू गरिएको सो योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएको होन्डा नेपालले जनाएको छ ।

सो योजनाअन्तर्गत, यो चाडपर्वको समयमा होन्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा १० लाखसम्मको नगद पुरस्कार जित्ने मौका पाउने छन् । हाल विजेता बनेका चार भाग्यशाली ग्राहकहरूले जनही १ लाख नगद जितेका छन् । विजेताहरूलाई स्क्र्याच कार्डमार्फत छनोट गरिएको हो।

यसरी बनेका चार भाग्यशाली विजेताहरु निश्चल घर्ती, प्रतिमा भण्डारी, सन्तोष सुवेदी र शान्ति साउद भएको कम्पनीको भनाइ छ ।

निश्चल घर्तीले ललितपुरको एकान्तकुनामा अवस्थित डिलर तिरुमाला मोटर्सबाट, प्रतिमा भण्डारीले चितवनको भरतपुरस्थित डिलर युनाइटेड मोटर्स प्रालिबाट, सन्तोष सुवेदीले स्याङजाको वालिङस्थित डिलर आस्था ट्रेडर्सबाट र शान्ति साउदले कञ्चनपुरको महेन्द्रनगरस्थित डिलर के.डी. अटोमोबाइल्सबाट होन्डा बाइक किनेका थिए ।

यसरी ग्राहकहरुले ठूलो पुरस्कार जितेको देखेर र उनीहरुसँग दशैंको खुशियालीमा सहभागी हुन पाउँदा निकै उत्साहित बनेको होन्डा नेपालले बताएको छ ।

हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार योजना अझै चलिरहेको र यसले ग्राहकहरूलाई थप रोमाञ्चक नगद पुरस्कार जित्ने अवसर दिने समेत बताइएको छ । यो योजना होन्डा इजी फाइनान्समा पनि उपलब्ध छ।

सम्बन्धित समाचारहरू

होन्डाको विश्वकै पहिलो इलेक्ट्रोनिक कम्प्रेसर भएको मोटरसाइकल सार्वजनिक, नयाँ युगको सुरुवात

होन्डाको विश्वकै पहिलो इलेक्ट्रोनिक कम्प्रेसर भएको मोटरसाइकल सार्वजनिक, नयाँ युगको सुरुवात

होन्डाले इटालीको मिलानमा आयोजित ईआईसीएमए २०२५ मोटरसाइकल शोमा आफ्नो नयाँ...

२०३० सम्ममा होन्डाले सोलिड–स्टेट ब्याट्रीलाई प्रयोगमा ल्याउने, मुल्य २५ प्रतिशत सस्तो हुने

२०३० सम्ममा होन्डाले सोलिड–स्टेट ब्याट्रीलाई प्रयोगमा ल्याउने, मुल्य २५ प्रतिशत सस्तो हुने

होन्डाले सन् २०३० को अन्त्यसम्ममा सोलिड–स्टेट ब्याट्रीद्वारा सञ्चालित...

ज्याङलापास पुगेर ५,३०० मिटरको उचाई चुम्ने नेपालकै पहिलो स्कुटर बन्यो होन्डा डिओ १२५

ज्याङलापास पुगेर ५,३०० मिटरको उचाई चुम्ने नेपालकै पहिलो स्कुटर बन्यो होन्डा डिओ १२५

काठमाडौँ – नेपालको सवारी साधन इतिहासमै पहिलो पटक कुनै स्कुटरले ५ हजार ३००...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...